प्रधानन्यायाधीशले ताेके वरिष्ठताका आधारमा संवैधानिक इजलास

प्रधानन्यायाधीशले ताेके वरिष्ठताका आधारमा संवैधानिक इजलास

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ९ गते जारी गरेको नागरिकता अध्यादेशविरुद्ध दायर भएको रिटको सुनुवाइका लागि वरिष्ठताका आधारमा संवैधानिक इजलास तोकिएको छ ।

नागरिकता अध्यादेशविरुद्ध परेको रिटको पहिलो सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठताक्रमका आधारमा न्यायाधीश छनौट गरेर संवैधानिक इजलास तोकका हुन् ।

उक्त इजलासमा सुनुवाइका लागि संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीशको इजलास तोकेका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ९ गते नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन् ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij