इलाम – इलाममा एक बालिका गएको १३ दिनदेखि बेपत्ता भएकी छन् । सन्दकपुर गाउँपालिका जमुनाकी १२ वर्षीया मुना गुरुङ गएको मंसिर २० गतेदेखि परिवारको सम्पर्कमा नआएको परिवारले जनाएको छ ।
उनी गाउँकै राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययन थिइन् । गएको मंसिर २० गते बिहान विद्यालय गएकी बालिका घर फर्केकी छैनन् । दुई दिनसम्म घर नआउँदा आफन्तकोमा गएको आशङ्कामा बालिकाको खोजी नगरिएको पारिवारिक स्रोतले जनाएको छ ।
दुई दिनपछि पनि घर नफर्किएपछि परिवारले बालिकाको खोजी गर्न थालेको थियो । बलिकाका परिवार, आफन्त र प्रहरीलेसमेत बालिकाको खोजी गरे पनि अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, पुष ४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्