भारतमा एकदिन अघि नै मनसुन भित्रियो : मुम्बई जलमग्न, रेल सेवा ठप्प

भारतमा एकदिन अघि नै मनसुन भित्रियो : मुम्बई जलमग्न, रेल सेवा ठप्प

नयाँदिल्ली – भारतमा एक दिनअघि नै भित्रिएको मनसुनी प्रणालीका कारण विभिन्न सहर जलमग्न भएका छन् ।

भारतीय मौसम विभागका अनुसार भारतमा सामान्यत: जुन १० तारिखमा मनसुन भित्रिने गरे पनि यसपटक एक दिनअघि नै भारी मात्रामा वर्षा भएको छ ।

वर्षाका कारण मुम्बईका अधिकांश स्थान जलमग्न भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मौसम विभागले आगामी पाँच दिनसम्म ठूलो वर्षाको सम्भावना रहेको भन्दै सुरक्षित रहन चेतावनी जारी गरेको छ ।

वर्षाका कारण पानी जमेपछि स्थानीय रेल सेवा ठप्प भएको छ । वर्षाका कारण केही स्थानमा ट्राफिक जामसमेत भएका छन् । आज पुणेमा पनि भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरिएको छ । -तस्बिर : एबीपी न्युज

प्रकाशित मिति : बुधबार, जेष्ठ २६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij