मन्त्रीपरिषद् विस्तार गरिँदै, बादलपत्नी नैनकलासहित मन्त्रीकाे नाम तय हुँदै

मन्त्रीपरिषद् विस्तार गरिँदै, बादलपत्नी नैनकलासहित मन्त्रीकाे नाम तय हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् विस्तार गर्ने भएका छन् । सातवटा मन्त्रालय आफुसँगै राखेका ‌‌ओलीले विहीबार मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेकाे बालुवाटार श्राेतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले आज ७ मन्त्री र एक राज्यमन्त्री थप्दै मन्त्रीपरिषद्लाई पूर्णता दिने तयारी गरेका हुन् । मन्त्रीहरुले आजै अपराह्न ४ बजे शीतल निवासमा शपथ लिने तयारी रहेकाे एमाले नेता विष्णु रिजालले जानकारी दिए ।

बालुवाटार निकट श्राेतका अनुसार खगराज अधिकारी, मोहन बानियाँ, नैनकला थापा, ज्वालाकुमारी शाह, गणेश पहाडी, नारदमुनी राना, राजकिशोर यादवलाई मन्त्री र आशा विकलाई राज्यमन्त्री बनाउने तयारी छ ।

मन्त्रीपरिषदमा रामबहादुर थापा ‘बादल’ कि पत्नी नैनकला थापालाई सञ्चार मन्त्री बनाउने तयारी छ । प्रधानमन्त्री ओलीनिकट एक नेताले मकालु खबरलाई भने— ‘मैले पनि सुनेको हो । राजनीतिक सन्तुलन मिलाउनको लागि उहाँ (प्रधानमन्त्री) ले त्यसो गर्नुभएको हो । यो आवश्यक पनि थियो ।’

गृह मन्त्रालयको जिम्मेवारी खगराज अधिकारीले पाउने सम्भावना छ ।  ‘यो अहिलेसम्म मलाई थाहा भएकोअनुसारको हो । यो फेरबदल पनि हुनसक्छ,’ ती नेताले भनेका छन् । ती नेताकाअनुसार रक्षा मन्त्रालय भने प्रधानमन्त्री आफैंले राख्ने भएका छन् ।

यस्तै एमाले नेता गणेश पहाडी पनि मन्त्री बन्ने सम्भावना रहेकाे छ । उनी एमालेभित्र माधवकुमार नेपाल पक्षका नेताका रुपमा चिनिन्छन् ।

पहाडीलाई सामान्य प्रशासन,  नैनकलालाई सञ्चार तथा सूचना प्रविधि, ज्वालाकुमारीलाई कृषि , नारदमुनिलाई वन, बानियाँलाई विना विभागीय, राजकिशोरलाई उद्योग मन्त्रीको जिम्मेवारी दिने तयारी छ ।

यसअघि पूर्वमाओवादी पृष्ठभूमि भएका ७ जना नेतालाई गैह्रसांसद पटकपटक मन्त्री बन्न नपाउने सर्वोच्चले बताएपछि बालदसहितका नेताहरुको पन्त्री पद गुमेको थियो । त्यसपछि प्रधानमन्त्री ओलीले बादलपत्नी थापालाई मन्त्री दिने भएका हुुन् ।

यसअघि प्रधानमन्त्री ओलीले १७औं पटक मन्त्रीपरिषद् विस्तार गर्दै महन्थ ठाकुरपक्षीय जनता समाजवादी पार्टी (जसपा)लाई सरकारमा सामेल गराएका थिए ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij