संकटमा परेको लोकतन्त्र र संविधान बचाउनुपर्ने सर्वदलीय बैठकको निष्कर्ष

संकटमा परेको लोकतन्त्र र संविधान बचाउनुपर्ने सर्वदलीय बैठकको निष्कर्ष

काठमाडौं :-सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेताहरुले अहिले लोकतन्त्र र संविधान गम्भीर संकटमा परेको भन्दै त्यसलाई बचाउनुपर्ने निष्कर्ष निकालेका छन्।

बैठकपछि पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा.बाबुराम भट्टराईले प्रतिनिधिसभा पटकपटक विघटन भएको भन्दै लोकतन्त्र नै धरापमा परेकाले यसलाई बचाउन राजनीतिक दलहरु लाग्नुपर्नेमा सबै दल सहमत भएको बताए।

यस्तै सर्वदलीय बैठकमा सहभागी दलका नेताहरुले चुरे लगायतका क्षेत्रबाट बालुवा ढुंगा गिटी निकासी गर्ने सरकारको निर्णय गलत रहेको ठहर गरेका छन्।

भट्टराईले संसद विघटन गलत छ भनेर दलका नेताहरुले सभामुखलाई सुझाव दिएको बताउदै पटकपटक संसद विघटन गरिनु निरंकुशता र स्वच्छाचारिताको पराकाष्ठा भएको भन्दै १४६ जनाले अदालतमा निवेदन दिएको र सोही अनुसार निकास आउनेमा विश्वास गरिएको बताए।

भट्टराईले दलहरु बीचको आन्तरिक कचिङ्गललाई खेलेर नेपालको परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्र मन नपराउने भित्री र बाह्य शक्तिले खेल्ने प्रयास भैरहेकोप्रति दलहरु सचेत रहन जरुरी भएको बताए।

सभामुख सापकोटाले दोस्रो पटक संसद विघटन भएपछि उत्पन्न राजनीतिक परिस्थितिका बारेमा पूर्व प्रधानमन्त्रीसहित दलका नेतासँग छलफल गरेका हुन्। यसअघि उनले कानुनविदहरुसँग समेत छलफल गरेका थिए।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डाक्टर भट्टराई, अध्यक्ष उपेन्द्र यादव, राप्रपा नेता दीपक बोहोरा सहभागी थिए।

एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायतका केही नेता भर्चुअल माध्यामबाट सहभागी रहेको सभामुखको सचिवालयले जनाएको छ। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा सहभागी छैनन्।

 

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij