हाइटीका राष्ट्रपति हत्या :कोलम्बियाली सैनिकको समूहको संलग्नता रहेको प्रहरीको दाबी

हाइटीका राष्ट्रपति हत्या :कोलम्बियाली सैनिकको समूहको संलग्नता रहेको प्रहरीको दाबी

काठमाडौं -अवकाशप्राप्त कोलम्बियाली सैनिकहरुको एक समूहले हाइटीका राष्ट्रपति जोभेनल मोइजेको हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ ।

२६ कोलम्बियाली र हैटी मूलका दुईजना अमेरिकी हत्यामा संलग्न रहेको प्रहरी प्रमुख लियोन चार्ल्सले जनाएका छन् । हत्यामा संलग्न भएको आशंका गरिएका थप ८ जना फरार छन् । दुई अमेरिकीसहितका १७ जना पक्राउ परेका छन् ।

केही आरोपितको मृत्यु भने राजधानी पोर्ट औ प्रिन्समा भएको गोली हानहानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार बन्दुकधारीको समूह राष्ट्रपतिको निजी निवासमा प्रवेश गरेर गोली हानेका थिए । गोली लागेर त्यहाँकी प्रथम महिला घाइते छिन् । उनको अमेरिकामा उपचार भइरहेको छ । हत्या गर्नुको उद्देश्यबारे पुष्टि नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, असार २६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij