सरकारको पक्षमा विश्वासको मत दिन आफ्ना सांसदहरुलाई कांग्रेसको ह्वीप जारी

सरकारको पक्षमा विश्वासको मत दिन आफ्ना सांसदहरुलाई कांग्रेसको ह्वीप जारी

काठमाण्डौ ।

नेपाली कांग्रेस संसदीय दलको बैठकले आइतबारको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थिति भएर सरकारको पक्षमा विश्वासको मत दिन सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

नयाँ बानेश्वरको संघीय संसद भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकले कांग्रेसका सम्पूर्ण सांसदहरुलाई प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित भएर सरकारलाई विश्वासको मत दिन ह्वीप जारी गरेको नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बताउनुभयो । कांग्रेसले आफूलाई साथ दिने अन्य राजनीतिक दलहरुलाई पनि विश्वासको मतको पक्षमा साथ दिन आह्वान गरेको छ ।

प्रकाशित मिति : आइतबार, साउन ३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij