ओलीको आग्रह– ‘प्लिज, एमालेका केही व्यक्तिलाई मन्त्री बनाइदिनुहोस्’

ओलीको आग्रह– ‘प्लिज, एमालेका केही व्यक्तिलाई मन्त्री बनाइदिनुहोस्’

काठमाण्डौ ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका केही सांसदले मन्त्री बन्न पाउँ भन्दै प्रधानमन्त्री देउवासँग आग्रह गरेको भन्दै व्यङ्ग्य गर्नुभएको छ ।

प्रतिनिधि सभाको आज मङ्गलवारको बैठकमा अध्यक्ष ओलीले मन्त्री पाउँ भन्दै केही सांसदले रातरदिन प्रधानमन्त्री देउवाको चाकडी गरिरहेको भन्दै हात जोडेरै मन्त्री बनाइदिन व्यङ्गात्मक आग्रह गर्नुभएको हो ।

देउवासँग हात जोड्दै ओलीले भन्नुभयो, ‘मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर कुदेका छन् । हिरिक हिरिक हिरिक भएका छन्, यति त गराइसक्नुभयो, पछि त लगाइसक्नुभयो । कुद्या छन् कुद्यै छन्, फ्याँफ्याँ भएका छन् । बिहान बेलुका चाकरी बजाइरहेका छन् । मेरो दलमा अलिकति घाटा भएमा सहुँला बुझाउन मन्त्री दिनुस्, प्लिज ।’

प्रकाशित मिति : मंगलबार, साउन २६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij