काठमाडौं : भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन राउत चढेको हेलिकोप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा ४ जनाको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन्। राउत भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्ष हुन्। हेलिकोप्टरमा १४ जना सवार रहेको बताइएको छ।
उनी आफ्नी पत्नीका साथ वेलिंगटनमा हुने एक कार्यक्रममा सहभागी हुन जाँदै थिए। सो कार्यक्रममा रावतले लेक्चर दिने कार्यक्रम थियो। कुन्नुरको घना जंगलमा सेनाको हेलिकोप्टर दुर्घटना भएको हो।
हेलिकोप्टरमा भारतीय सेनाका अधिकृत सवार थिए। तमिल नाडुको निलगिरी जिल्लाको कुन्नुरमा सेनाको हेलिकोप्टर दुर्घटना भएको हो।
प्रकाशित मिति : बुधबार, मंसिर २२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्