वाइडबडी खरिदमा बहालवालमन्त्री र तीनजना सचिवलाई कारबाही सिफारिस

वाइडबडी खरिदमा बहालवालमन्त्री र तीनजना सचिवलाई कारबाही सिफारिस

काठमाडौं – वाइडबडी खरिदमा पूर्व दुई सहित बहालवालमन्त्री र तीनजना सचिवलाई कारबाही सिफारिस गर्दै संसदीय छानबिन उपसमितिले प्रतिवेदनलाई अन्तिम रुप दिएको छ ।

लेखा अन्तरगतको उपसमितिले वाइड वडी खरिदमा भएको अनियमितिबारे छानबिन गर्दै अहिलेका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित पूर्वमन्त्रीहरु जीवनबहादुर शाही र जितेन्द्रनारायण देवमाथि छानबिन गर्न अख्यितारलाई सिफारिस गर्ने निर्णय गर्दै प्रतिवेदनलाई केहीबेर अघि अन्तिम रुप दिएको हो ।

विमान खरिद प्रक्रिया चलेका बेला पर्यटन मन्त्री भए पनि दिलनाथ गिरीमाथि छानबिन गर्न उपसमितिले निर्देशन नदिने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

ती सदस्यका अनुसार विमान खरिद प्रक्रियामा सहभागी भएका तीनजना सचिवमाथि पनि निलम्बन गरी कारबाही गर्न उपसमितिले अख्तियारलाई सिफारिस गर्ने भएको छ ।

पर्यटन मन्त्रालयका हालका सविच कृष्णप्रसाद देवकोटा, अहिले गृहसचिव रहेका प्रेम राई र शंकर अधिकारीमाथि छानबिन गर्न निर्देशन दिने गरी उपसमितिले प्रतिवेदन तयार पारेको हो ।

विमान खरिद प्रक्रियामा सहभागी पूर्व तथा बहालवाला मन्त्रीलाई कारबाही सिफारिस गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा ३ बजे सुरु भएको बैठक राति १० बजेसम्म सिंहदरबारमा चलेको थियो ।

प्रकाशित मिति : बुधबार, पुष १८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij