बुटवल । प्रदेश ५ सरकारले माघे संक्रान्तिको अवसरमा दुइदिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकार मन्त्रीपरिषदको मंगलबार वसेको बैठकले माघ एक र दुइ गते दुइ दिन विदा दिने निर्णय गरेको हो ।
पाँच नम्बर प्रदेश मगर र थारु जातीको बाहुल्यता रहेकोले प्रदेश सरकारले माघे संक्रान्तिका अवसरमा दुइ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।
माघीकै अवसरमा पुस ३० गते आन्तरीक मामिला तथा कानुन मन्त्रालयको संयोजनमा मुख्यमन्त्री शंकर पोखरेलको निवासमा शुभकामना आदान–प्रदान तथा जलपान कार्यक्रम समेत आयोजना गर्ने निर्णय भएको छ ।
प्रदेश स्तरीय नेपाल मगर संघ र थारु कल्याणकारी सभाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहने कार्यक्रममा मगर समुदायमा प्रचलित खानाका परिकार बटुक र बंगुर तथा थारु समुदायको प्रचलित खाना ढिकरी,माछा र घोगी खुवाइने प्रवक्ता चौधरीले बताए ।
प्रकाशित मिति : बुधबार, पुष १८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्