नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–२३ हिरिमिनायामा निर्माणाधीन अत्याधुनिक ल्याण्डफिल साइट (फोहर प्रशोधन केन्द्र) को निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
“अब तीन महीनाभित्र यसको निर्माण सकिन्छ र हामी सञ्चालनमा ल्याउँछौँ”, नगरप्रमुख डा धवलशम्शेर राणाले भने, “नेपालगन्जले अब कम्तीमा ४० वर्षसम्म फोहरी शहरको नियति भोग्नु पदैन ।”
अङ्ग्रेजी वर्ष २०१८ डिसेम्बरमा निर्माण सम्पन्न भइसक्नुपर्ने ल्याण्डफिल साइट निर्माणको शुरुआती चरणमा जग्गा विवादका कारण ढिलाइ भएको थियो ।
“जग्गा विवादका कारण पटकपटक म्याद थप गरिएकाले निर्माणमा ढिलाइ भए पनि अब त्यसो नहुने र तीन महीनाभित्र ल्याण्डफिल साइट सञ्चालनमा आउनेछ”, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालको भनाइ छ ।
एशियाली विकास बैंकको सहयोगमा एकीकृत शहरी विकास आयोजनाअन्तर्गत रु ३३ करोड ८८ लाख २७ हजारको लागतमा ल्याण्डफिल साइटको निर्माणकार्य शुरु भएको हो ।
डुडुवामा समुदाय–प्रहरीको सामाजिक अभियान
सामुदायिक—प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बाँकेको डुडुवा गाउँपालिकामा चेतनामूलक अभियान शुरु गरिएको छ ।
अभियानअन्तर्गत गाउँपालिकामा शिक्षा, स्वास्थ्य, सरसफाइ, लागुऔषध दुव्र्यसन, घरेलु हिंसालगायतका अपराध र सामाजिक विकृतिविरुद्ध सामाजिक जागरण जगाउने कार्यक्रम शुरु गरिएको छ ।
सो अभियानअन्तर्गत शनिबार गाउँपालिका–४ स्थित डुडुवा पुलको बृहत सरसफाइ गरिएको अध्यक्ष नरेन्द्र चौधरीले बताए । उनका अनुसार, वडा नं ४ र ५ का जनप्रतिनिधि, प्रहरी, सामुदायिक वन, साझेदारी मञ्च, स्थानीयवासीको संयुक्त पहलमा पुलको सफाइ गरिएको हो ।
लामो समयदेखि पुलमाथि माटो जम्नु, खाल्डाखुल्डी भएर फोहर जमेकाले पुल र सडक वरिपरिको सरसफाइ गरिएको वडाध्यक्ष परशुराम बुढाथोकीले जानकारी दिए । रासस
प्रकाशित मिति : आइतबार, पुष २२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्