JanataToday.com

Advertisment

SKIP THIS

कोसी टप्पुमा पानी चराको गणना शुरु

कोसी टप्पुमा पानी चराको गणना शुरु

इनरुवा । चरा र अर्नाका लागि प्रसिद्ध मानिने कोसी टप्पु वन्यजन्तु आरक्षको सीमसार क्षेत्रमा पाइने जलपक्षीको गणना शनिबारबाट शुरु भएको छ ।

सीमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन कोसी टप्पु र यस आसपासका इलाकामा जलपक्षी (पानी चरा) को गणना शुरु भएको कोसी पक्षी समाज प्रकाशपुर सुनसरीका संयोजक अनिश तिम्सिनाले बताए ।

कोसी पक्षी समाज, हिमाली प्रकृति, नेपाल पक्षीविद् सङ्घ र कोशी टप्पु वन्यजन्तु आरक्षको अगुवाइमा पानी चराको गणना शुरु भएको हो ।

प्रत्येक वर्षको अङ्ग्रेजी महीना जनवरीमा गर्ने पानी चरा गणनामा शनिबार पहिलो दिन चतराको सप्तकोसी नदीदेखि कोसी टप्पु वन्यजन्तु आरक्षको उत्तरी सिमाना प्रकाशपुरसम्म गणना गर्ने उनले बताए ।

चराको वास्तविक अवस्था पत्ता लगाई यसको संरक्षणका लागि आगामी रणनीति तयार गर्न सरकारलाई सहयोग गराउने उद्देश्यले चराको गणना शुरु गरेको कोसी पक्षी समाजका सहसचिव सञ्जीव आचार्यले जानकारी दिए ।

सुनसरीको चतराबाट शुरु गरिएको चरा गणना कोसी टप्पु आसपासका क्षेत्रमा पाँच दिनसम्म चल्ने बताइएको छ ।

कोसी टप्पु आसपासका क्षेत्रमा चराको काम गर्दै आएका दुई समूहमा गरी जम्मा १४ जनाको टोलीले चराको गणना गर्ने कोसी पक्षी समाज प्रकाशपुर सुनसरीका संयोजक तथा चरा गणना समूहका संयोजक तिम्सिनाले बताए ।

चरा गणनाका लागि गणना टोलीले डुङ्गा, जिप सफारी, क्यामरा, दूरवीन, टेलिस्कोपलगायतका यन्त्र प्रयोग गरेर गणना गर्ने छ । कोसी टप्पुमा विगत सात वर्षदेखि पानी चरा गणना गरिँदै आएको छ ।

कोसी टप्पुमा पछिल्लो तथ्याङ्कअनुसार ५२६ प्रजातिको चरा रहेकामा सन् २०१८ मा गरिएको गणनाअनुसार ५६ प्रजातिका पानी चरा पाइएको गणना टोलीका संंयोजक तिम्सिनाले बताए । रासस

प्रकाशित मिति : आइतबार, पुष २२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij