जापानका पूर्व प्रधानमन्त्री आवेमाथि गोली प्रहार, उपचार चल्दै

जापानका पूर्व प्रधानमन्त्री आवेमाथि गोली प्रहार, उपचार चल्दै

जापानका पूर्व प्रधानमन्त्री सिञ्जाे आवेमाथि गोली प्रहार भएको छ ।

नारा सहरमा भएको एक कार्यक्रममा भाषण दिइरहेको अवस्थामा पूर्व प्रधानमन्त्री आवेमाथि गोली प्रहार भएको जापानको एनएचके टीभीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

घटनास्थलमा रहेका एनएचकेका संवाददाताले आफूले गोली चलेको आवाज सुनेको र पूर्व प्रधानमन्त्री आवेको शरीर रगतले लतपतिएको देखेको बताएका खबरमा उल्लेख छ ।

सडकमा ढलेका आवेलाई अस्पताल लगिएको छ । गोली प्रहार गर्ने शङ्कास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

तस्बिर : राेयटर्स

प्रकाशित मिति : शुक्रबार, असार २४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij