JanataToday.com

Advertisment

SKIP THIS

लागु औषध सहित ३ जना पक्राउ

लागु औषध सहित ३ जना पक्राउ

बुटवल । वुटवल उप महानगरपालिका वडा नं.-९ बसपार्कवाट लागु औषध सहित ३ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार स्याङजा वालिङ नगरपालिका वडा नं.८ बस्ने बर्ष २१ की सुनिता खड्का, खोटाङकाे डिक्टेल नगरपालिका वडा नं.३ बस्ने बर्ष २४ की ममता राईलाई लागु औषध सहित पक्राउ गरीएकाे हाे ।

उनीहरुकाे साथबाट नुफिन -१८, डाईजेपाम -१८, फेनरागन- १८ एम्पुल्स सहित पक्राउमा परेको प्रहरीले जनाएकाे छ।

उक्त लागु औषध बिक्री गर्ने नवलपरासी रामग्राम नगरपालिका वडा नं.२ बस्ने बर्ष २४ को सुदिप केवटलाई पनि खोजतलास गर्ने क्रममा देवदह नगरपालिका वडा नं.५ खैरेनीवाट लागु औषध नुफिन- ३२, डाईजेपाम- ३२, फेनरागन -३२ र नगद ३ हजार सहित पक्राउ गरीएकाे ईप्रका बुटवलले जनाएकाे छ ।

पक्राउ परेका उनीहरु माथी लागु औषध मुद्दामा म्यादथप लिई थप अनुसन्धान भई रहेको छ ।

प्रकाशित मिति : सोमबार, पुष २३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij