JanataToday.com

Advertisment

SKIP THIS

सन्दीप लामिछानेलाई प्रहरी वृत्त गौशाला लगियो

सन्दीप लामिछानेलाई प्रहरी वृत्त गौशाला लगियो

काठमाण्डौ – नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका सन्दीप लामिछानेलाई प्रहरी वृत्त, गौशाला काठमाण्डौमा राखिएको छ ।

आज बिहान कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।

उनी कतार एअरवेजको क्यूआर ६४८ नम्बरको जहाजबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

यसअघि सन्दीपले सामाजिक सञ्जालमार्फत् आज बिहान १० बजे नेपाल आइपुग्ने र प्रहरीसमक्ष आत्मसमर्पण गर्ने बताएका थिए । साथै उनले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् ।

गएको भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । भदौ ५ गते सन्दीपले बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

प्रकाशित मिति : बिहिबार, असोज २० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij