डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो, संक्रमित ३३ हजार नाघे

डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुग्यो, संक्रमित ३३ हजार नाघे

काठमाडौं – नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको हो।

यो संख्या नेपालमा डेंगु भित्रिएपछिकै सबैभन्दा धेरै हो। यसअघि विसं २०७६ मा लगभग १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको थियो।

यस्तै यो बर्ष मात्रै डेंगु संक्रमित हुनेको संख्या ३३ हजार ९ सय ७५ पुगेको छ। यो संख्या हालसम्मकै धेरै हो। गत साउनबाट बढ्न थालेको डेंगु तीन महिनामा तीव्ररूपमा बढेको थियो। यसवर्ष सुरुमा ललितपुरबाट फैलिएको संक्रमण हालसम्म देशका ७६ जिल्लामा पुगिसकेको छ।

चिकित्सकहरूका अनुसार हाल डेंगु संक्रमणको कडा लक्षण लिएर अस्पताल पुग्ने बिरामीहरुको संख्या धेरै रहेको छ।

प्रकाशित मिति : सोमबार, असोज २४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij