काठमाडौं – नेपालमा पछिल्लाे चाैबीस घण्टा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७४५ नमुनाको पीसीआर परीक्षण गर्दा ४५ र एक हजार १८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सातजनामा संक्रमण पुष्टि भएकाे छ ।
पछिल्लो चाैबीस घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १८ जनाको मृत्यु भएको छ । त्यस्तै देशभर १६ जना निको भएका छन् ।
योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ९ लाख ८७ हजार ४३८ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६६७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, असोज २९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्