आन्दोलन फिर्ता गरेर बिरामीको उपचारमा जुट्न चिकित्सक सङ्घलाई स्वास्थ्य मन्त्रालयको आग्रह

आन्दोलन फिर्ता गरेर बिरामीको उपचारमा जुट्न चिकित्सक सङ्घलाई स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर बिरामीको उपचारमा जुट्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर स्वास्थ्य जस्तो संवेदनशील विषयमा आन्दोलन गरेर उपचार सेवा प्रभावित नगर्न र स्वास्थ्य उपचारको नियमित काममा जुट्न आग्रह गरेको हो ।

अस्ति राष्ट्रपतिको सवारीका क्रममा डाक्टरमाथि कुटपिट भएको घटनाप्रति दु:ख व्यक्त गर्दै मन्त्रालयले घटनाको छानबिन सुरु भइसकेकाले संवादमार्फत् विवाद समाधान गर्न सकिने भन्दै बिरामीको उपचारमा फर्किन अनुरोध गरेको छ ।

घटनाको विषयमा थप छलफल गरी समस्या समाधानका लागि वार्ता समिति गठन गर्ने र नेपाल चिकित्सक सङ्घले उठाएका विषयलाई संवादमार्फत् समाधान गर्ने प्रयास भइरहेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा घाइते भएका डाक्टरको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।

नेपाल चिकित्सक सङ्घले डाक्टरमाथि भएको कुटपिटको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गरेको छ । देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प हुँदा बिरामी भने मर्कामा परेका छन् ।

डाक्टरमाथि भएको कुटपिट अनुचित भए पनि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्नु ठिक नहुने भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया आइरहेका छन् ।

प्रकाशित मिति : आइतबार, माघ २९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij