‘सबैका लागि स्वास्थ्य’ भन्ने नाराका साथ आज विश्व स्वास्थ्य दिवस मनाइँदै

‘सबैका लागि स्वास्थ्य’ भन्ने नाराका साथ आज विश्व स्वास्थ्य दिवस मनाइँदै

काठमाण्डाै – विश्व स्वास्थ्य दिवस, सबैका लागि स्वास्थ्य भन्ने नाराका साथ मनाइँदैछ । स्वास्थ्य प्रवर्द्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा परेकालाई स्वास्थ्य सेवा प्रदान गरी सबैका लागि गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका विषयमा ध्यानाकर्षण गर्ने मुख्य उद्देश्यसहित यो दिवस मनाउने गरिन्छ ।

विश्व स्वास्थ्य संगठनको ७५ औँ वार्षिकोत्सव रहेकोले पनि यो वर्षको विश्व स्वास्थ्य दिवस विशेष रहेको छ । सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको स्थापना भएको थियो । नेपालको संविधानले हरेक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक प्रत्याभूत गरेको छ । तर, नि:शुल्क स्वास्थ्य सेवा पाउन भने नागरिकलाई सास्ती छ । कतिपय ठाउँका स्वास्थ्य संस्थामा औषधि समेत अभाव छ ।

नि:शुल्क पाइने औषधि समेत नागरिकले महंगोमा किन्नु पर्ने बाध्यता छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij