२४ घण्टामा १ सय ८ जनामा काेराेना सङ्क्रमण

२४ घण्टामा १ सय ८ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै – पछिल्लो २४ घण्टामा एक सय आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई हजार चार सय ५० जनाको नमुना परीक्षण गर्दा एक सय आठ जनामा कोरोना सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ६६ जना सङ्क्रमित निको भएका छन् । अब नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ८६ जना पुगेको छ । अहिले काठमाण्डौ उपत्यकाका संस्थागत आइसोलेशनमा २९ जना, आईसीयूमा सात जना र भेन्टिलेटरमा तीन जनाले उपचार गराइरहेका छन् ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख ६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij