JanataToday.com

Advertisment

SKIP THIS

बुटवल उद्योग वाणिज्य संघद्वारा घरभाडामा १५ प्रतिशत छुट

बुटवल उद्योग वाणिज्य संघद्वारा घरभाडामा १५ प्रतिशत छुट

बुटवल – बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघको संगमपथमा रहेको भवनमा व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई १५ प्रतिशत भाडा छुट गर्ने निर्णय गरेको छ । संघको सोमबार बुटवलमा बसेको कार्यसमिति बैठकले करार अनुसार बृद्धि गर्नुपर्ने भाडा नबढाउने र चलनचल्तीको भाडामा १५ प्रतिशत छुट गर्ने निर्णय गरेको हो ।

गएको चैत १ गतेदेखि लागु हुनेगरी १५ प्रतिशत भाडा छुट गर्ने निर्णय गरिएको महासचिव बिमलराज भट्टराईले जानकारी गराउनु भयो । कोरोना महामारी लगायतका कारण व्यवसायी समस्यामा परेपछि संघले विगत तीन वर्षदेखि करार अनुसार बृद्धि गर्नुपर्ने भाडा दर समेत बृद्धि नगरी यथावत रुपमा लिँदै आएको थियो ।
संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको बैठकले बैंकको व्याजदरमा भएको बृद्धि तथा अर्थतन्त्रमा आएको गिरावटको कारण व्यवसायीहरुलाई समस्या भएको र व्यापार व्यवसायलाई बचाउनको लागि लिँदै आएको घरभाडामा केही छट गरेर राहत दिनको लागि पनि घरधनीहरुलाई आग्रह गरिएको छ ।
बैठकले संघको सचिवालय भवन तथा सभाहल मर्मत सम्भारको लागि सचिव मुक्ति अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

प्रकाशित मिति : सोमबार, बैशाख ११ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij