संसद्को गतिरोध हटाउने प्रयास : आज पनि दलहरुको छलफल, भोलि राष्ट्रपतिको आह्वानमा बैठक

संसद्को गतिरोध हटाउने प्रयास : आज पनि दलहरुको छलफल, भोलि राष्ट्रपतिको आह्वानमा बैठक

काठमाण्डाै – संसद्को गतिरोध हटाउने विषयमा दलहरुबीच आज पनि छलफल हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा हिजो बसेको बैठकमा सहमति जुट्न नसकेपछि आज पनि बैठक बस्न लागेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद् अवरोध गरिरहेको छ । तर, सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले छानबिन गरेर टुङ्ग्याउने भन्दै प्रतिपक्षी दलको माग तत्काल पूरा गर्न नसकिने जनाउँदै आएको छ ।

सरकार र प्रतिपक्षी दलका आआफ्ना अडानका कारण साउन १० गतेदेखि संसद् बैठक अवरुद्ध हुँदै आएको छ ।

संसद्को गतिरोध हटाउन राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा पनि सर्वदलीय बैठक बस्दैछ । भोलि मङ्गलवार बिहान बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु उपस्थित हुँदैछन् । यसअघि राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलका नेता केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग संसद्को गतिरोध अन्त्यका लागि छलफल गर्नुभएको थियो ।

संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेले पनि छुट्टाछुट्टै छलफल गर्दै आउनुभएको छ । दलहरुबीच सहमति नभएपछि हिजो बस्ने भनिएको प्रतिनिधि सभाको बैठक भोलिसम्मको लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति : सोमबार, भाद्र ४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij