कर्णाली प्रदेशले माग्यो डेढ सय स्वयंसेवक, कुन जिल्लामा कति?

कर्णाली प्रदेशले माग्यो डेढ सय स्वयंसेवक, कुन जिल्लामा कति?

सुर्खेत । कर्णाली प्रदेश सरकारले स्वयंसेवक छनौंटको प्रक्रिया सुरु गरेको छ। पहिलो चरणमा करिब डेढ सय जना स्वयंसेवकका लागि आवेदन आह्वान गरेको छ।

सामाजिक विकास मन्त्रालयले मेडिकल अफिसर, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेव, अनमी, रेडियो ग्राफी, ल्याव असिस्टेन्ट, सिभिल सव इन्जिनियर, कृषि तथा भेटनरी जेटीए, असिस्टेन्ट सव इन्जिनियर, मेडिकल अफिसरलगायतका पदमा स्वयंसेवक आह्वान गरेको हो। मन्त्रालयले अनलाइनमार्फत स्वयंसेवकका लागि आवेदन आव्हान गरेकोे छ।

प्राविधिक तर्फका एक सय ३९ जना स्वयंसेवकलाई पहिलो चरणमा परिचालन गर्न लागिएको छ। डोल्पामा २० जना, मुगुमा १७ जना, हुम्लामा १८ जना, जुम्लामा ११ जना, कालिकोटमा १९ जना, जाजारकोटमा १५ जना, रुकुमपश्चिममा १२ जना, दैलेखमा १३, सल्यानमा ८ र सुर्खेतका लागि ६ जना स्वयंसेवक परिचालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार डोल्पामा २८ जना, मुगुमा २८, हुम्लामा २८, जुम्लामा २४, कालिकोटमा २४, जाजरकोटमा २३, रुकुम पश्चिम र दैलेखमा २१/२१ जना, सल्यानमा १५ र सुर्खेतमा १५ जना दरबन्दी स्वीकृत भएको थियो। प्राविधिक र अप्राविधिक तर्फ स्वयंसेवक परिचालन गर्ने योजना बनाएको मन्त्रालयले पहिलो चरणमा प्राविधिक तर्फ स्वयंसेवक माग गरेको हो।

स्वयंसेवक परिचालन कार्यविधि–२०७५ अनुसार प्रदेश अन्तर्गत १० वटै जिल्लाबाट आवेदन माग गरिएको हो। विषयगत क्षेत्रमा स्वयंसेवक भई काम गर्नका लागि स्वयंसेवा गर्न इच्छुक नागरिकले अनलाइनबाट फर्म भर्ने व्यवस्था मन्त्रालयले मिलाएको छ। मन्त्रालयले सबै पदका लागि १८ वर्ष पुरा गरि ४० वर्ष ननाघेका उमेर समुहका नागरिकले आवेदन दिन सक्ने छन्।

मेडिकल अफिसरका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबिबिएस वा सो सरह मेडिकल काउन्सिलको दर्ता प्रमाण पत्र प्राप्त व्यक्ति हुनुपर्ने छ। यस्तै हेल्थ असिस्टेन्टका लागि चिकित्सा विषयमा प्रविणता प्रमाण पत्र तह उत्तिर्ण गरि सम्बन्धित परिषद्को दर्ता प्रमाण पत्र, अहेवका लागि सम्वन्धित विषयमा टिएसएलसी वा सो सरह उत्तिर्ण भई काउन्सिलको दर्ता प्रमाण पत्र प्राप्त भएको हुनुपर्ने छ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ्ग विषयमा प्रविणता तह वा सो सरह उत्तिर्ण गरि काउन्सिलको दर्ता प्रमाण पत्र प्राप्त व्यक्तिले स्टार्फ नर्सको कोटामा स्वयंसेवकको लागि आवेदन दिन सक्नेछन्।

यस्तै, अनमीका लागि टिएसएलसी तथा सो सरह उत्तिर्ण व्यक्ति, सम्वन्धित विषयमा प्रविणता प्रमाण पत्र तह उत्तिण गरेको व्यक्तिले रेडियो ग्राफर पदका लागि आवेदन दिन सक्नेछन्। ल्याव असिस्टेन्टका लागि सम्वन्धित विषयमा टिएसएलसी, सिविल इन्जिनियर अध्ययन गरेका व्यक्तिले सिभिल इन्जिनियरिङ्ग पदका लागि आवेदन दिन सक्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यस्तै, अप्राविधिकमा प्रशिक्षक सहायकका लागि शिक्षा शास्त्र संकायबाट स्नातक तह उत्तिर्ण गरेको व्यक्तिले आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ। जुम्ला र रुकुम पश्चिमका लागि मात्रै प्रशिक्षक सहायक पदका लागि मन्त्रालयले स्वयंसेवकको आवेदन खोलेको छ।

सिभिल इन्जिनियर र सिभिल सव–इन्जिनियर पदका लागि पनि सरकारले सम्बन्धित विषयमा अध्ययन गरेको व्यक्तिलाई आवेदन दिन आव्हान गरेको छ। असिस्टेन्ट सव–इन्जिनियरका लागि टिएसएलसी उत्तिर्ण भएको व्यक्तिले पनि आवेदन दिन सक्नेछन्।

भुगर्वविद्का लागि सम्वन्धित विषयमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ। कृषि र भेटनरी जेटिएका लागि सो सरह उत्तिर्ण गरेको व्यक्तिबाट स्वंयसेवाका लागि आवेदन दिन सक्नेछन्।

स्वयंसेवकलाई सरकारले मासिक रूपमा जीवन निर्वाह भत्ता दिनेछ। वर्गीकरण गरिएको जिल्ला अनुसार नै भत्ता वितरण गरिनेछ। स्वयंसेवकको योग्यता र विकटताका आधारमा सरकारले जीवन निर्वाह भत्ता निर्धारण गरेको छ।

स्नात्तकोत्तर उत्र्तीण भएको प्राविधिक र अप्राविधितर्फको स्वयंसेवकले १९ हजार आठ सयदेखि २२ हजार दुई सयसम्म भत्ता पाउनेछन्। यस्तै स्नातक तह उत्तीर्ण गरेका प्राविधिक स्वयंसेवकले १९ हजार दुई सय देखि २१ हजार ६ सयसम्म भत्ता पाउने व्यवस्था कार्यविधिले गरेकोे छ।

अप्राविधिक स्वयंसेवकले १८ हजारदेखि २० हजार चार सयसम्म भत्ता पाउनेछन्। उच्च माध्यमिक तह वा सो सरह उत्तीर्ण गरेका प्राविधिकतर्फका स्वयंसेवकले १५ हजार ६ सयदेखि १८ हजार र अप्राविधिकले १५ हजारदेखि १७ हजार चार सयसम्म भत्ता पाउने कार्यविधिमा उल्लेख छ।

प्रवेशिका परीक्षा उत्तीर्ण गरेका प्राविधिकहरूका लागि १४ हजार चारसयदेखि १६ हजार आठ सयसम्म भत्ता तोकिएको छ।

कार्यविधिमा वर्गीकरण गरिएको जिल्ला अनुसार नै भत्ता निर्धारण गरिएको हो। कुनै सरकारी वा सार्वजनिक निकायबाट विशेष परिस्थितिमा कार्यकारी समितिले सूचीमा रहेका सम्बन्धित विषयका आवेदकमध्येबाट बढीमा तीन महिनासम्मका लागि स्वयंसेवक नियुक्ति गरी काममा लगाउन सक्ने व्यवस्था कार्यविधिले गरेको छ।

प्रकाशित मिति : शनिबार, फाल्गुन ११ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij