काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘देशव्यापी दबाब अभियान’सुरु गर्दैछ।
आगामी चैत २१ गतेसम्म चल्ने पहिलो चरणको अभियानको आज पार्टी सभापति रवि लामिछानेले सिन्धुपाल्चोकको मेलम्चीबाट बिहान साढे १० बने उद्घाटन गर्ने पार्टी उपसभापति डोल प्रसादले अर्यालले जानकारी दिए। अभियानमा सम्पूर्ण पार्टी पदाधिकारी र सांसदहरूलाई उपस्थिति हुन निर्देशन दिएको उपसभापति अर्यालले बताए।
भोलिदेखि संसद्को हिउदे अधिवेशन सुरु हुने भएकाले संसद् नभएको दिन मात्रै यो अभियान चल्ने उनले बताए। रास्वपाले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गर्न लागेको हो।
सिन्धुपाल्चोक–काठमाडौं दबाव यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नुहुनेछ। यसअघि पनि रास्वपाले नारायणगढदेखि बुटवलसम्म ’दबाब यात्रा’ गरेको थियो।
१ सय १३ किलोमिटर लामो सडकमा सभापति लामिछानेसहितले पैदल यात्रा गर्दै निर्माण कार्य समयमै सम्पन्न गराउन दबाब दिएका थिए।
प्रकाशित मिति : आइतबार, माघ २१ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्