JanataToday.com

Advertisment

SKIP THIS

व्यवसायीका चुनौतीको सामना र हकहितको लागी बिपिनको नेतृत्व जरुरी: मणिकरत्न शाक्य

व्यवसायीका चुनौतीको सामना र हकहितको लागी बिपिनको नेतृत्व जरुरी: मणिकरत्न शाक्य

रुपन्देही सुनचाँदी ब्यवसायी संघ र महासंघका पदाधिकारीबिच आसन्न महाधिवेशनको सन्दर्भमा छलफल

 

 बुटवल- रुपन्देही सुनचाँदी ब्यवसायी संघ र नेपाल सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीसंग बुटवलमाभेटघाट तथा छलफल सम्पन्न भएको छ । श्रम,सिप,विकास र अनुशासन नारा तय गरेर अघि बढेको महासंघको नयाँ नेतृत्व चयनका लागि आसन्न महाधिवेशनको सन्दर्भमा देशब्यापि रुपमा छलफल एवम अभियान चलाईरहेको टोली भेटघाटमा रुपन्देही आएको हो ।

रुपन्देही सुनचाँदी ब्यवसायी संघका अध्यक्ष रामकिसन बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महासंघका अध्यक्ष मणिकरत्न शाक्य ले व्यवसायिक हितको नाममा गुणस्तरमा महासंघले कुनै पनि व्यवसायि संघ सम्झौता गर्न नसक्ने बताउनुभयो । आफनो कार्यकाल मा काम गर्न चुनौती भए पनि नेपालको सुनचाँदी व्यवसायी को लागि सुन चाँदी व्यवसायी एैन को निर्माण गरी आवश्यक कानुन बनाउन को लागि अगाडी बढेको बताउनुभयो । उहाँले यस व्यवसायीमा थुप्रै चुनौतीहरुको सामना र व्यवसायीको हक हितमा काम गर्नको लागी अब बिपिन रामुदामुको टिमलाई जिताउनुपर्ने धारणा राख्नुभयो ।

महासंघका संसथापक अध्यक्ष मणिरत्न शाक्यले व्यवसायी एक ढिक्का भएर अगाडी बढे जस्तो सुकै समस्या हल गर्न सकिने बताउनुभयो । महासंघका उपाध्यक्ष मोहनकाजि शाक्यले महासंघ सबै व्यवसायीको को अभिभावक भएकाले सबै व्यवसायीको हितमा काम गर्नको लागी पनि बिपिन रामुदामुको टिमलाई जिताउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा अध्यक्षका उम्मेद्धार बिपिन रामुदामुले महासंघ पेशाकर्मीको साथी , संरक्षक र व्यवसायीको को हितमा काम गर्न को लागी अध्यक्ष पदमा उठ्न लागेको र सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो । आसन्र चौथो महाधिवेशनका अध्यक्षका उम्मेदवार रामुदामुले सुनमा सिफारिसको अन्त्य गर्दै कोटा प्रणालीको खारेज गरेर सुन व्यवसायीको पेशा लाई मर्यादित र सम्मानित गराउन आफनो उम्मेदवारी रहेको बताउनु भयो। साथै वर्तमान अध्यक्षले अगी सार्नु भएको गोल्ड बैंक कार्यान्वन मा ल्याउने र यदि व्यवसायी कुनै दुर्घटना को सिकार भए आर्थिक रूपमा सहयोग गर्ने पनि प्रतिवद्धता जनाउनुभयो। उहाँले व्यवसायी को पेशा वर्गीकरण गरेर हक हितको संरक्षण गर्ने बताउनुभयो ।

कार्यक्रममा सुनचाँदी बिज्ञ परामर्स समितीका संयोजक प्रेम सेन्चुरी केन्द्रिय उपाध्यक्ष जोगलाल बिश्वकर्मा ,सचिव केस बहादुर सुनार ,केन्द्रिय सदस्य सबिन बज्रचार्य ,दिपक बिक, लुम्बिनी उपाध्यक्ष हरि बिक ,नवलपुर सदस्य रत्नमाया बिक नवलपुर तेज प्रसाद सुनार लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा भर्खरै सम्पन्न निर्बाचन बाट निर्बाचित लुम्बिनी प्रदेश उपाध्यक्ष हरि विश्वकर्मा, बागमती प्रदेश उपाध्यक्ष यम ल्यागुन, गण्डकी प्रदेश को सह कोाध्यक्ष शान्त गहतराज, बागमती प्रदेश सदस्य दिनेश खाती लाई सम्मान गरीएको थियो । संघका बरिष्ठ उपाध्यक्ष यसरत्न बज्रचार्यको स्वागत एबम सदस्य रेवन्त बिश्वकर्माको सन्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : बुधबार, चैत्र ७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij