बुटवल-बुटवलकी निशा चौधरीलाई स -साना छोराछोरी बिरामी पर्दा कहाँ उपचार गराउने भन्ने चिन्ताले पिरोल्थ्यो । नजिकै उपचार गर्ने स्वास्थ्य संस्था नहुँदा गर्भवतीको समयमा उपचारको लागि बुटवलकै लुम्बिनी प्रादेशिक अस्पताल तथा आम्दा अस्पतालमै जानुपर्ने बाध्यता थियो । आफ्नै नजिक स्थानीय स्तरमा उपचार गराउने अस्पताल नहुँदा उनलाई परिवारका कोही पनि बिरामी नभए हुन्थ्यो जस्तो लाग्थ्यो । तर हाल बुटवल उपमहानगरपालिकाको वडा नम्बर १३ र१७ मा १५र१५ सैयाको अस्पताल बन्ने भएपछि अब उपचार गर्न टाढा पुग्नुपर्ने बाध्यताको अन्त्य हुने भन्दै निशा खुसी भएकी छन् ।
बुटवल १७ कि किरण पाण्डे श्रीमान वैदेशिक रोजगारीमा रहेको र आफू गर्भवती हुँदा , बच्चा बिरामी हुँदा लुम्बिनी प्रादेशिक अस्पतालमा लामो लाइन बस्नु पर्दा त्यो भीड र लाइन लाग्नु पर्दा साह्रै गाह्रो भएको सुनाइन् । पछिल्लो समय आफ्नै नजिकमा अस्पताल बन्ने भएपछि किरण पनि खुसी छन् ।
यता सुत्केरी व्यथा लाग्दा ठूलो हस्पिटल लैजानु पर्ने समयमा निकै समस्या पर्ने बुटवल १३ निवासी सरीता वि क बताउँछिन् । एकल परिवारमा बसेका परिवारलाई अझै यो समस्याले सताएको देखिन्छ । आफूले ज्याला मजदुरी गरेर खाने हुँदा कति समयमा भाडा गरेर टाढा हस्पिटल लैजाने समेत चुनौति हुन्थ्यो । नजिकै स्वास्थ्य केन्द्र बनेपछि हिँडेरै पनि पुगिने र उपचार हुनेहुँदा बुटवल उपमहानगरपालिकालाई राम्रो काम गरेको भन्दै धन्यवाद दिएकी छन् बुटवल १३ निवासी भाडामा बस्दै आएकी कला मगरले ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका १३ र १७ मा १५ र१५ शैयाको सामूदायिक स्वास्थ्य केन्द्र बन्ने भएपछि किरण , सरिता र निशा मात्र हैन् वडा नम्बर १३ र१७ का सबै वडावासी खुसी भएका छन् ।
बुटवल उपमहानगरपालिका वडा नं १७ कि संगिता चौधरी हर्षित हुँदै भन्छिन् (दम बढ्दा कता जाने , के गर्ने , कसरी गर्ने चिन्ताबाट मुक्त हुने भइयो । हाम्रै गाउँमा अक्सिजन सेवा आउने भयो भन्छिन् । त्यस्तै सबैभन्दा बढी वृद्ध र बालबालिका जो निमोनियाबाट पीडित छन् उनीहरु साथै उनीहरूको परिवार पनि खुसी भएका छन । बुटवल उपमहानगरपालिका वडा नं १३ कि अबिगेल राना जसको ६ बर्से छोरी निमोनिया पीडित छिन् । जसकारण उनलाई घरी घरी बुटवल धाउनु पर्ने बाध्यता थियो । तर अब यो समस्याको अन्त्य हुने भएको छ।उनले भनिन् यो स्वास्थ्य केन्द्र लाई २४ घण्टै चलाउन सके धेरै सहज हुने थियो । उनी प्रतिनिधि पात्र हुन् श्वासप्रश्वासमा समस्या झेलिरहेका सबै स्थानीय खसी भएका हुन् ।
कुनै समयमा बुटवल पश्चिमलाई बुटवलको कर्णाली क्षेत्रको रुपमा चिनिन्थ्यो ।पछिल्लो समय बसाइसराई तीब्र गतिमा भइरहेको यस क्षेत्रमा जनघनत्व पनि बढेको छ ।बुटवलभन्दा पश्चिम क्षेत्रमा प्रभावकारी सरकारी स्वास्थ्य उपचार केन्द्रहरु नभएको बेला अहिले बन्न लागेको स्वास्थ्य संस्थाबाट भने नागरिकहरु सहज रुपमा उपचार पाउने अपेक्षामा छन् ।यस क्षेत्रमा लुम्बिनी प्रादेशिक अस्पताल बाहेक अन्य भरपर्दो अन्य स्वास्थ्य संस्था नहुँदा समस्या परिरहेको सन्दर्भमा यस स्वास्थ्य केन्द्र बाट भने सहजता प्राप्त गर्ने विश्वास स्थानीयको छ ।
यस क्षेत्रमा आम्दा , लुम्बिनी प्रादेशिक अस्पताललगायत अन्य अस्पताल बुटवल केन्द्रित भएको अवस्थामा बुटवल पश्चिममा बन्न लागेका यी दुई स्वास्थ्य केन्द्रका कारण यस क्षेत्रका नागरिक उत्साहित छन् ।
यसले यहाँका बासिन्दालाई धेरै राहत मिल्ने र घरदैलोबाट नै सेवा सुविधा प्राप्त गर्ने अवसर प्राप्त भएको र पालिकाले १७ नं लाई छनोट गरेको कार्य अत्यन्त महत्वपूर्ण रहेको बताए बुटवल १७ का स्थानिय ओम बहादुर घिमिरेले बताए। उनकाअनुसार यो केन्द्र १७ नम्बर सेन्टर पनि रहेको र यसले छिमेकी वडा १४,१५ १६ , १७ ,१८र १९ का नागरिकलाई पनि समेटने हुँदा यहाँको जनताको लागि धेरै खुसीको कुरा पनि रहेको र धेरैसुविधा पाउने छन् आशा गरेका छन् ।
बुटवल १७ का स्थानीय नारायण गिरीले भने (ूपहिले पुल नबन्दा बत्तीमुनिको अँध्यारोजस्तै भएका थियौ । पहिले धेरै समस्या भयो।ू
हामीले पुल पनि पायौँ अहिले जीवितै हुँदा यस्तो अस्पताल बन्ला र सेवा लिन पाइन्छ भनेर नसोँचेको तर अहिले आँखै अगाडि १५ सैयाको अस्पताल बनिरहँदा धेरै खुसी भएको बताए ।
बुटवल क्षेत्र भएर पनि स्वास्थ्यको क्षेत्रमा कमजोर र पछाडि परेको यस स्थानमा स्वास्थ्य केन्द्र बन्न लाग्दा अत्यन्त खुसी लागेको बुटवल १५ पारु खड्काले बताइन् ।
स्वास्थ्योपचारका लागि नजिकमा अस्पताल नहुँदा बिगतमा धेरै नागरिकले अकालमा ज्यान गुमाउनु परेको भन्दै अब कुनै पनि नागरिकले स्वास्थ्योपचार नपाउने समस्या टरेको र अब सामान्य बिरामी भए पनि टाढा जानु बाध्यता हटेको बुटवल १७ का वडा अध्यक्ष ज्ञान बहादुर रेश्मीले बताए ।उनले नागरिकको स्वास्थ्य सवल हुने, समय र पैसा समेत बचत हुने बताए ।
यस केन्द्रलाई समयमै निर्माण सम्पन्न गर्न बजेट छुटाउनेदेखि लिएर सबै अनुगमनको काम प्रभावकारी भए समयमै यस क्षेत्रका नागरिकले सहज स्वास्थ्य सेवा पाउने बुटवल वडा नं १३ का अध्यक्ष नारायण पुनले जानकारी दिए । उनकाअनुसार स्वास्थ्य बिमा गरेका नागरिकहरुले समेत आफ्नो उपचार सहज ढंगले पाउन नसकेको बेला र बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा अत्याधिक चाप भएका बेला यी दुई स्वास्थ्य केन्द्र तयार भएपछि त्यहाँको चाप पनि कम हुने र नागरिकहरुले सहज रुपमा स्वास्थ्य उपचार पाउने छन् ।
स्वास्थ्य केन्द्रको भवन निर्माणको काम सकिएको र अब सम्भवत एक महिनाको सेरोफेरोमा सेवा सुचारु हुने बुटवल उपमहानगरपालिका १७ का वडा अध्यक्ष ज्ञान वहादुर रेश्मी ले बताए ।
स्वास्थ्य को अन्य क्षेत्रमा बुटवलले स्वास्थ्य केन्द्रमा नर्स ,प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मीहरु रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका उपचार हुनेछन् ।३,३ कटठा जग्गामा बनिरहेको स्वास्थ्य केन्द्रमा भवन निर्माणको काम सम्पन्न भएको इन्जिनियर सोमनाथ अधिकारीले जानकारी दिए ।
एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा प्रति भवन एक करोड ८० लाखमा निर्माण सम्पन्न भएर हस्तान्तरणको तयारीमा रहेको
बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखा प्रमूख यूवराज पाण्डेले बताए । नगरप्रमुखको विशेष चासोका कारण यी स्वास्थ्य केन्द्र बुटवलमा आएको र यी स्वास्थ्य केन्द्रले बुटवलको स्वास्थ्य क्षेत्रमा थप इटा थप्ने स्वास्थ्य प्रमुख पाण्डेले बिश्वास ब्यक्त गरे।
बुटवललाई स्वास्थ्य क्षेत्रमा अग्रणी शहर बनाउनको लागि साना स्तरदेखि विशिष्टीकृत अस्पताल बनाउने योजनाअनुसार स्वास्थ्य केन्द्र निर्माणको काम जारी रहेको नगरप्रमुख खेलराज पाण्डेले बताए ।उनले उपचारको लागि यस क्षेत्रका बासिन्दाले अन्यन्त्र जानूपर्ने अवस्थाको अन्त्य र त्यससँग जोडिएका वडाबासी नागरिक बुटवल आउनुभन्दा अरु बिकल्प नभएको अवस्थामा तिनाउ पश्चिमका नागरिकलाई स्वास्थ्यमा पहुँच पुग्छ भन्ने अपेक्षाले त्यस भुगोलमा स्वास्थ्य केन्द्रको निर्माण गरिएको उनले बताए । अहिले स्वास्थ्य क्षेत्रमा जे जस्तो अवस्था त्यो क्षेत्रको छ,अब थप परिवर्तन हुन्छ त्यहाँ डाक्टरको पनि दरबन्धी कायम गरी पालिकाले कार्यविधी नै बनाएर त्यस अस्पतालको सञ्चालन छिटटै गर्ने प्रमुख पाण्डेको भनाइ छ ।
बुटवलवासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराउन र ‘स्वच्छ नगर, स्वस्थ नगरवासी’ को नीतिलाई प्रभावकारी बनाउन नगर मातहतका अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन आवश्यक बजेट विनियोजन गरिएको छ।
नगरको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन बुटवल उपमहानगरपालिका–१३ र १७ मा १५ ,१५ शय्याका अस्पताल सञ्चालन तथा व्यवस्थापन गरिने भएको छ। यसका लागि दुई करोड रुपैयाँ छुटाइएको छ। वडा नं १३ मा सञ्चालन हुने अस्पताललाई चौबिसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न र बुटवल–१४ सेमलार स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै बर्थिङ सेन्टरलाई चौबिसै घण्टा सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ।
सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाहरूका लागि सबै खालको खर्च निःशुल्क गराउन नगरप्रमुख आमा सुरक्षा कार्यक्रमका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ।
नगरप्रमुख घरदैलो स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत परिवारको स्वास्थ्य जानकारी समेटिने डिजिटल रूपमा पारिवारिक स्वास्थ्य डाटा सङ्कलन गर्दै सोहीअनुसारको कार्यक्रम सञ्चालन गर्नका लागि पनि बजेटको व्यवस्था गरिएको छ।
बाआमासँग नगरप्रमुख कार्यक्रममार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य हेरचाह र उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत गर्भवतीलाई निःशुल्क प्रयोगशाला सेवाका लागि पनि बजेट छुट्ट्याइएको छ।
नवजात शिशु र आमाको स्वास्थ्य तथा पोषणमा सुधारज्ञद्दण्ण् ल्याउन जनही रु दुई हजारका दरले प्रदान गर्ने गरी नगरप्रमुख स्वस्थ शिशु सुत्केरी पोषण कार्यक्रमका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ।
यस्तै अठार वर्षमुनिका एचआइभी सङ्क्रमित बालबालिकालाई पोषण स्थिति सुधार गर्न मासिक तीन हजार रुपैयाँ दिने व्यवस्था मिलाइएको छ।
स्तनपान गराउने आमाहरूका लागि उपप्रमुख दुग्धवद्र्धक जडीबुटी वितरण कार्यक्रम सञ्चालन गर्ने तथा नगरवासीलाई जटिल रोगहरू ९मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनेमिया० को उपचारमा जनही १७ हजार रुपैयाँ दिइने राहत अनुदानलाई निरन्तरता,महिला स्वास्थ्य स्वयम्सेविकाहरुको सुविधा र सम्मान कार्यक्रम, स्वास्थ्य बिमा कार्यक्रम, कोभिड–१९ जस्ता महामारी तथा नियमित खोप सञ्चालन, एचआई भी९एड्स, क्षयरोग, कुष्ठरोग, औलो, कालाजार, हात्तीपाइले, डेङ्गु, स्क्रब टाइफसजस्ता सर्ने नसर्ने लगायतका ज्ञघण्ण्रोगहरूको रोकथाम, नियन्त्रण तथा निवारणका आवश्यक पनि बजेट विनियोजन गरिएको छ।
प्रकाशित मिति : सोमबार, चैत्र १२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्