राजकुमार बिकले वितरण गरे लुम्बिनी अपागं दृष्टिविहिन अनाथ आश्रममा खेलकुद सामाग्री

राजकुमार बिकले वितरण गरे लुम्बिनी अपागं दृष्टिविहिन अनाथ आश्रममा खेलकुद सामाग्री

 बुटवल -लुम्बिनी अपागं दृष्टिविहिन अनाथ आश्रममा खेलकुद सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । बुटवल १५ उजेलापुरमा रहेको आश्रममालाई गुल्मी धुर्कोट ४ जैसीथोक घर भइ हाल बुटवल, ११ निवासी समाजसेवी राजकुमार बिकले खेलकुद सामाग्री वितरण गर्नभएको हो ।

उहाँले ‘बिद्यालय पढाईका साथै खेलकुद पनि आवश्यकता रहेको, खेलकुदले शरीर स्वस्थ बनाउनुका साथै दिमाग फ्रेस बनाउने र आश्रम बस्ने बालबालिका हरुले पनि आश्रमबाट खेलकुद र सिकाईकाे सुरुवात गरि भबिश्यमा यी बालबालीकाहरु पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरकाे खेलाडी बन्न सक्ने र उनीहरुको लगन सिलता र मेहिनेतले भबिश्यमा खेल क्षेत्रमा अन्तराष्ट्रिय जगतमा नेपाललाई चिनाउन सक्ने छन भन्ने उद्वेश्येले खेलकुद सामाग्री उपलब्ध गराएको जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा क्रिकेट बल , ब्याट , फुटबल लगायत आश्रमलाई वितरण गरिएको थियो । खेलकुद सामाग्री पाएपछि आश्रमका विद्यार्थीहरु खुशी भएका थिए । शिक्षा सँगै बालबालिकालाई खेलकुदको समेत आवश्यकता रहेको बालवालिकाले बताएका छन ।

सो अवसरमा आश्रमका उपाध्यक्ष लिलाराम रोका मगरले यस आश्रममा आश्रित वालवालिकाको चौतर्फि विकासको लागी खेलकुदको सामाग्रीको आवश्यकता भएकोमा विद्यार्थीको गुणस्तरलाई बढाउन यस सामाग्रीले सहयोग पुर्याउने बताउनुभयो । आश्रममा हाल २० जना वालबालिका,९जना दृष्टिविहिन ,३ जना शारिरिक अपागंता,२ भोलिन्टियर गरी ३४ जना आश्रीत रहेका छन्।

प्रकाशित मिति : सोमबार, जेष्ठ ७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij