महिला जेसिज र बुटवल जेसिजको आयोजनामा वृक्षारोपण

महिला जेसिज र बुटवल जेसिजको आयोजनामा वृक्षारोपण

विश्व वातावरण दिवसकाे अवसरमा संयुक्त वृक्षारोपण तथा सरसफाइ गरिएको छ । बुटवल महिला जेसिज र बुटवल जेसिज वर्ष २०२४ काे अायाेजनामा बुधबार संयुक्तरूपमा वृक्षारोपण गरिएको हाे ।
हाम्रो भूमि, हाम्रो भविष्य भन्ने नाराका साथ जेसीज उद्यान कालिकानगर बुटवलमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हाे । प्रत्येक महिना विभिन्न रचनात्मक कार्यक्रम गर्दै अाएकाे महिला जेसीजले वातावरणप्रतिकाे जिम्मेवारी बाेध भएकोले सरसफाइ र वृक्षारोपण गरेकाे जनाएको छ ।

बुटवल जेसीजका अध्यक्ष विनाेद घिमिरेले कार्यक्रमकाे बारेमा प्रकाश पार्दै बाेटबिरूवा राेप्नु हामी सबैकाे दायित्व भएकाे बताए ।
घिमिरेले कुनै दिवस मात्रै नभएर हरेक समय बाेटबिरूवा राेप्नु पर्ने र राेपिएका बाेटबिरूवाकाे मलजल गर्दै संरक्षण पनि गर्न जरूरी रहेकाे बताए ।

कार्यक्रममा बुटवल जेसीज वर्ष २०२४ का सल्लाहकार तथा बुटवल महिला जेसीज वर्ष २०२४ का सल्लाहकार कल्पना पाण्डे , रााधिका पोखरेललगायतले बाेलेका थिए ।
जेसी अपूर्वा खनालले आस्था पाठ गरेकोे कार्यक्रमकाे सञ्चालन बुटवल जेसीजका महासचिव केशव श्रीस र स्वागत गाेकर्ण   खरेलले गरेका थिए भने बुटवल महिला जेसीज वर्ष २४ का अध्यक्ष संगीता ढकालले कार्यक्रममा उपस्थितलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij