काठमाण्डौ – लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बेलुकीदेखि पर्सि शनिवार बिहानसम्म कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, अछाम, बर्दिया र सुर्खेतमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।
ठूलो पानी पर्ने ठाउँमा बाढी, पहिरो, डुवान तथा गेग्रान बहावको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हुरीबताससहित ठूलो वर्षाको सम्भावना छ ।
लगातारको वर्षाले कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ । हिजो बेलुकीदेखिको वर्षाले कालीकोटको गगनेखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
प्रकाशित मिति : बिहिबार, भाद्र २७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्