JanataToday.com

Advertisment

SKIP THIS

फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने

फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने

काठमाडौँ,

दुबइको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि मुलुकको दोस्रो भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ । फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ उडानका लागि हिजो देखि बुकिङ खुलाएको छ । सो कम्पनीको नेपालस्थित आधिकारिक एजेन्ट जिएसए युनिभर्सल टुर्स एण्ड ट्राभल्स रहेको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फ्लाई दुबईको विमान दिउँसो १ः४५ मा भैरहवा र २ः४५ मा काठमाडौँ मा ल्यान्ड  हुनेछ । काठमाडौँमा एक घण्टा ‘टेक्निकल ल्याण्ड’ गरेर दुबई उक्त जहाज दुबई उड्नेछ । फ्लाई दुबईले भैरहवा विमानस्थलमा दुबई बाट ल्याएका यात्रु ओरालेर र त्यहाँबाट दुबई जाने यात्रुलाई लिएर काठमाडौँ उड्ने छ । फ्लाई दुबईले काठमाडौंमा एक घण्टा रोकीएर दुबई उड्ने गरी प्राधिकरणबाट अनुमति पाएको हो ।

यस विमानस्थलमा कम्पनीको पहिलो उडान हो । हप्ताको सातै दिन दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो । यससँगै फलाई दुबईको उडान गन्तव्य सङ्ख्या एक सय १३ पुगेको छ भने ५३ देशमा यसको सेवा विस्तार भएको छ ।

यसैबिच फलाइ दुबईको उडान सञ्चालन टिमले पनि हालै विमानस्थलको भ्रमण गरेको महाप्रबन्धक प्रतवबाबु तिवारीले बताए । यस उपलब्धिमा प्रधानमन्त्रीको विशेष निर्देशन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको सहयोग, मुख्यसचिवको पहल तथा नेपाल नागरिक उड्डयन प्राधिकरण नेतृत्व र फ्लाई दुबईको नेपाल प्रतिनिधि युनिभर्सल टुर्स एण्ड ट्राभल प्रालिको समन्वयमा सम्भव भएको उनि बताउछन् ।

यस्तै जजिरा एयरले पनि कात्तिक १२ गतेदेखि पुनः उडान सञ्चालन गर्दैछ । यसअघि १० महिना उडान गरेर उडान स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको जनाइएको छ । जजिराले सातामा तीन दिन मङ्गलवार, बिहीबार र शनिबार उडान भर्नेछ ।

प्रकाशित मिति : बुधबार, कार्तिक ७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij