काठमाडौं । अर्थ मन्त्रालयको उच्च व्यवस्थापन समिति बैठकमा बिहीबार राजस्व संकलन, लक्ष्य र उपलब्धिबारे छलफल भएको छ ।
मन्त्रालयका अनुसार बैठकमा चालु आर्थिक वर्ष (आव) को पहिलो चौमासिकमा राजस्व संकलनको लक्ष्य भेटिएको छैन । तर, गत आवको यसै अवधिको तुलनामा संकलन बढेको छ ।
बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत र खर्च व्यवस्थापन महत्त्वपूर्ण रहेको बताए । कर दायरा विस्तार, बक्यौता असुली, कर प्रशासनको प्रभावकारिता, कर्मचारीको आचारण, अन्तर मन्त्रालय समन्वय, भन्सार बिन्दुभन्दा बाहिरका गतिविधि, कर प्रशासनमा सिर्जना गर्न खोजिएका चुनौती लगायत पक्षलाई ध्यान दिएर अघि बढ्न आवश्यक भएको बताए ।
अर्थमन्त्री पौडेलले कर संकलनको ‘सिस्टम ब्रेक’ गर्न खोज्नेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न समेत निर्देशन दिए ।
प्रकाशित मिति : बिहिबार, मंसिर ६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्