बुटवल कालिका क्याम्पसको ११ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा १ सय २ पोइन्ट रगत संकलन

बुटवल कालिका क्याम्पसको ११ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा १ सय २ पोइन्ट रगत संकलन

बुटवल ,

बुटवल कालिका क्याम्पसको ११ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा सप्ताहब्यापी कार्यक्रम अन्तर्गत गरिएको रत्तदान कार्यक्रममा १ सय २ पोइन्ट रगत संकलन भएको छ ।

रक्तसञ्चार सेवा केन्द्र बुटवलको सहजीकरणमा भएको रत्तदान कार्यक्रम ऋषिराम डुम्रेको अध्यक्षता तथा क्याम्पसका अध्यक्ष होम बहादुर गलामी, उपाध्यक्ष नित्यानन्द ज्ञवाली, क्याम्पस प्रमुख घनश्याम पाठक लगायतको आतिथ्यता रहेको कार्यक्रम संयोजक शंकर गैतमले जानकारी दिए ।

त्यस्तै क्याम्पसमा आज बृहत प्रदर्शनी भएको छ । प्रदर्शनीमा विद्यार्थीहरुले समाज परिवर्तन, सामुदायिक बिकास, प्रबिधि, बजार लगायतको प्रदर्शनी गरेका थिए ।

निशुल्क अँखा शिविरबाट २ सय ५० जना लाभान्वित भएका छन ।नेपाल नेत्र ज्योती संघ लुम्बिनी नेत्र बिज्ञान अध्ययन सस्थान, श्री रणअम्बिका अँखा अस्पतालले सहजीकरण गरेको कार्यक्रम संयोजक इवराज तिवारीले जानकारी दिए । त्यस्तै १ सय ३ जनाले दन्त परिक्षण गराएका छन । दन्त परिक्षणमा सिटि हव डेन्ट्लले सहजीकरण गरेको थियो ।

त्यस्तै अन्तर क्याम्पस स्तरीय वादविवाद प्रतियोगितामा प्रथम न्यु लाइट कलेजका सुधा खराल द्वितीय बुटवल बहुमुखी क्याम्पसक्कि सलिना अर्याल र तृतीय सिद्धार्थ गौतमबुद्ध क्याम्पस मोनिका तामाङ भएको कार्यक्रम संयोजक शर्मिला पाण्डेले जानकारी दिइन । त्यस्तै बेलुन फुकाउने लगायत भलिबल, डोरी तान्ने, कबड्डी, हाजिरीजवाफ लगायतका कार्यक्रमहरु सकिएको अतिरिक्त क्रियाकलाप संयोजक रेशमराज शर्माले जानकारी दिए ।

लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरि द्वारा उद्घाटन भएको ११ औं वार्षिक उत्सव तथा अभिभावक दिवासको समापन लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाले गर्ने क्याम्पसले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, मंसिर २३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij