बुटवल हस्पिटलको प्राथमिक उपचार सेवा

बुटवल हस्पिटलको प्राथमिक उपचार सेवा

बुटवल-यहि पुसको ३ गतेदेशि सञ्चालनमा रहेको बुटवलको औद्योगिक व्यापार मेलामा बुटवल हस्पिटल प्रा.लि.ले प्राथमिक उपचार सेवा प्रदान गरेको छ । मेला स्थलको मुल गेटमै बुटवल हस्पिटल प्रा.लि.ले निशुल्क स्वास्थ्य परामर्श तथा प्राथमिक उपचार संचालन गरेको हो । मेला स्थलमा आईपर्ने सम्पुर्ण स्वास्थ्य सम्वन्धी समस्याका लागि बुटवल हस्पिटल प्रा.लि.लाई जिम्मेबारी प्रदान गरिएको मेलाका प्रवक्ता मुक्तिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
बुटवलको मेलामा आउने सबै अवलोकन कर्ताहरुलाई निशुल्क स्वास्थ्य परामर्श तथा प्राथमिक उपचार संचालन गर्नेगरी व्यवस्थापन गरिएको छ । मेलामा स्वास्थ्यकर्मी तथा प्राथमिक उपचारका लागि आवश्यक पर्ने औषधी तथा उपकरणहरुको व्यवस्थापन गरिएको अस्पतालका जनरल म्यानेजर देवेश कर्णले बताउनु भयो । प्रत्येक दिन स्वास्थ्यकर्मीको टोलीले सेवा दिने भएकोले बुटवल हस्पिटलमा हुने अन्य सेवाका वारेमा बुझ्न र विभिन्न स्वास्थ्य चेकअपका प्याकेजहरु लिनका लागि पनि प्राथमिक उपचारकक्षमा पुग्न अस्पतालका मेडिकल सुपरेटेण्डेन डा. कृष्ण खनालले जानकारी दिनु भयो ।

 

प्रकाशित मिति : आइतबार, पुष ७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij