बुटवल उद्योग वाणिज्य संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा बुटवल मण्डपमा सञ्चालित औद्योगिक व्यापार मेलाका स्टल तथा होटलहरुमा बुटवल उपमहानगरपालिकाले अनुगमन गरेको छ ।
अनुगमनका क्रममा विगतका मेलाका तुलनामा सबैकुरा धेरै सुधार भएको राम्रो पाईएको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बताउनु भयो । उहाँका अनुसार केही सुधार गर्नुपर्ने कुराहरुमा सुधारको लागि सुझाव दिईएको छ । मेलाका सबै पक्ष राम्रो पाईएको बताउँदै उहाँ होटलहरुमा पनि सरसफाई लगायत व्यवस्थापकीय कुराहरुमा राम्रो देखिएको बताउनु भयो ।
त्यसैगरी शुक्रबार नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिन विश्वकर्मा, नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरी, नेकपा एकीकृत समाजवादीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँकी, संविधान सभा सदस्य नेत्र पन्थी लगायतका नेता तथा उद्योगी व्यवसायीहरुका छाता संस्थाका प्रतिनीधिहरुले मेलाको अवलोकन गर्नुभएको छ । उहाँहरुलाई संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्याल सहित पदाधिकारीहरु स्वागत गर्नुभएको थियो । त्यस अवसरमा अध्यक्ष अर्यालले मेलाका सबै पक्षका बारेमा जानकारी गराउनु भएको थियो । मेलाको स्थलगत अवलोकन पछि नेताहरुले मेलाको व्यवस्थापकीय पक्ष र साजसज्जा सबै राम्रो देखिएको प्रतिक्रिया दिनुभयो । उहाँहरुले यस्तो मेलाले मुलुकको औद्योगिक विकासमा टेवा पुर्याउने समेत विश्वास व्यक्त गर्नुभयो ।
प्रकाशित मिति : शुक्रबार, पुष १२ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्