कार्यक्रममा विशिष्ट अतिथि नेफस्कुनका प्रदेश अध्यक्ष कृष्ण नेपालले अहिले सबै सहकारी ठग्ने प्रकृतिको हुन भन्ने भाष्य सृजना भएको र यसको समाधानको निम्ति सेयर सदस्य , व्यवस्थापक र नियामक निकाय चनाखो हुनुपर्ने बताए।
कार्यक्रममा सहकारीका अध्यक्ष हेम बहादुर विस्वकर्माले आ।व। २०८१÷८२को वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।
बुटवललाई कार्यक्षेत्र बनाएको सहकारीले पछाडि पारिएको वर्ग समुदायकाको नेतृत्व व्यवस्थापनका क्षेत्रमा काम गरेको छ । संस्थाले विभिन्न विधामा सम्मान पनि गरेको छ । नियमित बचत गर्ने सदस्य , असल ऋणदाता शेयर सदस्य वृद्धि गर्न सहयोग र १२ कक्षा उत्तीर्ण गर्ने सेयर सदस्यको छोराछोरीलाई सम्मान गरिएको छ ।
एकका लागि सबै र सबैका लागि एक भन्ने मुल नाराका साथ २०५९ सालमा स्थापना भएको सहकारीमा शेयर पूजी १० करोड ३० लाख ४ हजार, १ सय लगानीमा रहेकोमा शेयर सदस्यमा ऋण लगानी रु १० करोड ३६ लाख ४ हजार ६ सय २९ र निक्षेप बचत १० करोड ६० लाख ६८ हजार, १ सय २ रहेको छ भने सहकारीमा हालसम्म ९ सय ५६ जना शेयर सदस्यहरु आवद्ध रहेका छन् । त्यस्तै बाल बचतकर्ता ६७ जना आवद्ध रहेका छन् ।
कार्यक्रममा संस्थापक अध्यक्ष सिताराम रसाइली,सल्लाहकार प्रेम सेन्चुरी ,सल्लाहकार जोगलाल विश्वकर्मा संरक्षक , रेवन्त विश्वकर्मा ,सेयर सदस्य बिमला गहतराज लगायतले बोलेका थिए।
संस्थाका अध्यक्ष हेम बहादुर विश्वकर्माको अध्यक्षता रहेकाे कार्यक्रममा उपाध्यक्ष डम्बरबहादुर सुनारको स्वागत सचीव ओम प्रकाश सुनारको सञ्चालनमा सप्पन्न भएको हो ।
प्रकाशित मिति : शनिबार, पुष १३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्