लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश  मन्त्रिपरिषद बैठकले गर्यो यी चार निर्णय

लुम्बिनी प्रदेश  मन्त्रिपरिषद बैठकले गर्यो यी चार निर्णय

देउखुरी, लुम्बिनी प्रदेश  मन्त्रिपरिषद बैठकले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश तथा स्थानीय तहबीच समन्वय तथा विवाद समााधन सम्बन्धी विधेयकको अवधारणापत्र स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थिले जानकारी दिनुभयो ।

त्यस्तै प्रदेश मन्त्रिपरिषद् बैठकले सूचनाको हक कार्यान्वयन सम्बन्धि विषयको प्रदेश अनुगमन ईकाइ गठन गर्ने निर्णय गरेको छ । बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशकमा अनुप बास्कोटालाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ । पाँचवर्षे कार्यकालका लागि बास्कोटालाई पुनः नियुक्त गरिएको हो

प्रकाशित मिति : शुक्रबार, पुष २६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij