प्युठानको नारिकोटमा बुटवल हस्पिटलको स्वास्थ्य शिविर

प्युठानको नारिकोटमा बुटवल हस्पिटलको स्वास्थ्य शिविर

बुटवल -बुटवल हस्पिटल प्रा.लि.ले प्युठान जिल्लाको गौमुखी गाउपालिका वाड ७ को नारिकोटमा बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सोहि पालिकाको वडा न ७संगको सहकार्यमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । हस्पिटलका विशेषज्ञ चिकित्सकहरु मार्फत सो क्षेत्रका ६ सय ४४ जना विरामीले शिविरबाट सेवा लिएका हुन् । उनिहरुलाई अस्पतालले उपलब्ध गराएको औषधी समेत वितरण गरिएको थियो । शिविरको एक समारोहका विच गौमुखी गांउपालिकाका अध्यक्ष एवं नेपाल गाउपालिका महासंघ लुम्बिनी प्रदेश अध्यक्ष विष्णु गिरीले उद्घाटन गर्नु भयो । जिल्लाकै अत्यन्त विकट क्षेत्रका रुपमा रहेको नारिकोटमा बुटवल हस्पिटलले शिविर गर्नु त्यस क्षेत्रका नागरिकहरुका लागि निकै ठुलो अवसर भएको अध्यक्ष गिरीले बताउनु भयो । उहांले बुटवलमा रहेको बुटवल हस्पिटलले लामो समयदेखि बिरामीहरुको सेवा गर्दै आएकोमा अहिले आफै विरामीहरुकै घरमा आएर सेवा दिएको भन्दै अभार प्रकट गर्नु भयो । अध्यक्ष गिरीले स्वास्थ्यका लागि पालिकाले पनि निरन्तर काम गर्दै आएपनि बरिष्ठ चिकित्सकहरुको अभाव र आर्थिक अवस्थाका कारण नागरिकहरु रोग पालेर बस्ने अवस्था रहेको धारणा राख्नु भयो । उहांले आगामी दिनमा पनि बुटवल हस्पिटल संगको सहकार्य रहरिहने विश्वाश व्यक्त गर्नु भयो ।
सो अवसरमा पालिका उपाध्यक्ष महाविर रानाले शिविरबाट पाएको सुविधालाई आगामी दिनमा पनि निरन्तरता दिन अपिल गर्नु भयो । बुटवलमा पाईने विशेषज्ञ सेवा गाउघरमै पाउने वातावरण निमार्ण गरिदिएकोमा उहांले अस्पताललाई आधार प्रकट गर्नु भएको थियो । कार्यक्रममा गौमुखी गाउपालिका वडा न ७ का वडा अध्यक्ष कोमल पुरीले स्वास्थ्य क्षेत्रमा स्थापित संस्था बुटवल हस्पिटल प्रा लि संग सहकार्य गर्न पाउदा निकै सन्तुष्टि मिलेको बताउनु भयो ।
सो अवसरमा नारिकोट स्वास्थ्य चौकीका प्रमुख तारा जिसी, स्थानिय समाजसेवी विर वहादुर केसी,ैर वहादुर गिरी,कमल कुवंर,जुमान जिसी, हुकुम थापा, शिविर सहजिकरण गर्ने प्रविण कुवंर,भरतजंग क्षेत्री लगायतले शिविर नारिकोटका लागि फलदायी भएको बताउनु भयो ।
शिविर सम्पन्न गर्नका लागि बुटवल हस्पिटल प्रा लि का महिला तथा प्रस्तुती रोग विशेषज्ञ डा विन्दु खरेल, बरिष्ठ फिजिसीयन डा सागर पौडेल, हाड जोर्नी रोग बिशेषज्ञ डा सञ्जीव आचार्य, मेडिकल अफिसर डा अमृत बस्याल,डा सुजन आचार्य, बुटवल हस्पिटलका सिनियर कर्मचारी राजु पौडेल, मार्केटिक म्यानेजर सुमन तिमिल्सीना लगायतको टिम प्युठान पुगेको हो । समाजिक उत्तरदायित्व अन्तरगत बुटवल हस्पिटल प्रा लि ले लुम्बिनी प्रदेशका विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

प्रकाशित मिति : आइतबार, पुष २८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij