काठमाण्डाै – प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको ‘सुपर–फोर’ मा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बाग्मती प्रदेशलाई १० विकेटले हराएको छ ।
बाग्मतीले दिएको ४३ रनको लक्ष्य एपीएफले ६ ओभर ५ बलमा १ विकेट पनि नगुमाई भेटायो । एपीएफकी ममता चौधरीले २३, राजमती ऐरीले १४ रन बनाइन् ।
यसअघि धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बाग्मतीले निर्धारित १८ ओभरमा ८ विकेट गुमाएर ४२ रन बनायो । खराब मौसमका कारण खेल १८ ओभरमा झारिएको थियो । बाग्मतीका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफकी सुमन विष्टले ३ तथा रेखा रावल र बिनु बुढाले २/२ विकेट लिए ।
प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको ‘सुपर–फोर’ को दोस्रो खेलमा अहिले सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब खेलिरहेका छन् ।
आजदेखि शुरू भएको ‘सुपर–फोर’ मा एक समूहको टोलीले अर्काे समूहको टोलीसँग खेल्नेछन् । ‘सुपर–फोर’ मा शीर्ष दुईमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।
प्रकाशित मिति : बिहिबार, माघ १० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्