अर्घाखाँचीको मालारानीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

अर्घाखाँचीको मालारानीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

 

रुपन्देही । अर्घाखाँचीको मालारानीमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा अर्का दुई जना गम्भीर घाइते भएका छन् । लु २ च २९९० नम्बरको डवलक्याप जिप लुटीपोखरीदेखि खनदह जाँदै गरेको अवस्थामा ढुङ्गागाडेमा दुर्घटनामा परेको हो ।

सडकबाट २ सय ५० मिटर भन्दा तल खसेको हो । रातिको समयमा सडकबाट धेरै तल अप्ठ्यारोमा जिप खसेकाले उद्धारमा समेत समस्या भएको बताइएको छ

दुर्घटनामा परि जिल्ला अर्घाखाँची मालारानी गाउँपालिका ४ का २१ वर्षीय दिलीप खनाल सोही ठाउँका २३ वर्षीय वालकृष्ण रिजालको मृत्यु भएको छ भने सोही ठाउँकै भुवन पोखरेल र वसन्त पोखरेल गम्भीर घाइते भएका छन् ।

घटनास्थलमा पुगेका ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख निरज गौतमका अनुसार गम्भीर घाइतेहरूलाई सन्धिखर्कमा सामान्य उपचार गरी थप उपचारका लागि बुटवल पठाइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : आइतबार, चैत्र २४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij