काठमाण्डौ – सुनको भाउले आज र्कीतिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको हो ।
आज सुनको भाउ तोलामा एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
नयाँ वर्ष २०८२ सालको कारोबार भएको पहिलो दिन हिजो सुनको भाउ तोलाको एक लाख ८४ हजार तीन सय रुपैयाँमा कायम भएको थियो । गएको चैत्र ३१ गते सुनको भाउ तोलाको एक लाख ८६ हजार रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर एक हजार नौ सय ५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ४५ रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति : बुधबार, बैशाख ३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्