भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू कश्मीरमा आतङ्कवादी आक्रमणपछि आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्याएका छन्। उनी बुधबार राति नै भारत फर्किनेछन्।
प्रधानमन्त्री मोदीले घटनाको गहिरो निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै दोषीहरूलाई कारबाहीको दायरामा ल्याउने र आतंकवादविरुद्ध सरकारको अडान अझ कडा हुने स्पष्ट सन्देश दिएका छन्।
घटनापछि गृहमन्त्री अमित शाहले सुरक्षा स्थिति मूल्याङ्कन गर्न श्रीनगर पुगेका छन्।
जम्मू(कश्मीरस्थित पहलगामको पर्यटक स्थल बैसरानमा मंगलबार आतंककारीले पर्यटक, स्थानीय बासिन्दा र व्यवसायिक गतिविधिमा संलग्न नागरिकमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए। घटनामा कम्तीमा २८ जनाले ज्यान गुमाएका छन्, जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानीय नागरिक र दुई जना विदेशी नागरिक ९एक नेपाली र एक यूएईका नागरिक० छन्। ३६ जना घाइते भएका छन्।
यो आतङ्कवादी हमलाको जिम्मेवारी लश्करएतैयबा नामक पाकिस्तानस्थित आतङ्कवादी समूहको छाया संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ ले लिएको छ।
प्रकाशित मिति : बुधबार, बैशाख १० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्