JanataToday.com

Advertisment

SKIP THIS

पोखरीमा डुब्दा दाजुभाइको मृत्यु

पोखरीमा डुब्दा दाजुभाइको मृत्यु

काठमाडौं : नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिका-६ मा पोखरीमा डुब्दा दाजुभाइको मृत्यु भएको छ। शुक्रबार बिहान १० बजे घरबाट खाना खाएर हिँडेका दाजुभाइ अपराह्न ५ बजेतिर पोखरीमा मृत फेला परेका हुन् ।

सुनवल-६ पुलटोल निवासी विष्णु कुँवरका छोरा १० वर्षीय विप्सन कवंर र  छोरा ८ वर्षीय दिप्सन कवंरको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए। पोखरीमा एक बालक तैरिहरेको स्थानीयले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।

पोखरीको छेउमा दुईवटा बालकको कपडा देखेपछि अर्को बालक पनि पोखरीमा डुबेको हुनसक्ने अनुमान प्रहरीले गरेको थियो।

त्यसपछि प्रहरी र स्थानीयले पोखरीभित्रै पसेर खोजी गर्दा पोखरी भित्र गाडिएको अवस्थामा अर्को मृत बालक फेला परेका थिए। उनीहरू जनसेवा माध्यामिक विद्यालयमा कक्षा २ र कक्षा ४ मा पढ्थे।

पौडी खेल्न गएको बेला डुबेको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रकाशित मिति : शनिबार, बैशाख २० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij