काठमाडौं : हावाहुरीले घरको पर्खाल भत्किएर र गाडी दुर्घटना भएर पर्सामा तीनजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साकाअनुसार आइतबार साँझ आएको हावाहुरीले दुई महिला र एक षुरुषको मृत्यु भएको छ।
मृतकमा सवारी दुर्घटनामा परेर सरोज राम र घरको पर्खाल भत्किएर रुमी देवी र अन्दाजी १२ वर्षीया बालिका रहेको जिल्ला प्रहरी कार्यालय पर्साका हवल्दार डबल रावलले टेलिफोनमा जानकारी दिए।
हावाहुरीका कारण २५० भन्दा बढी घाइते भएको रावलले जानकारी दिए। घाइतेहरूको नारायणी उपक्षेत्रीय अस्पताल र स्थानीय स्वास्थ्यचौकी तथा नीजि क्लीनिकहरूमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति : आइतबार, चैत्र १७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्