तिलोतमा ,तिलोतमा बुद्धिचाल सङ्घ रूपन्देहीको आयोजनामा तिलोतमा ९ मंगलापुरमा रहेको राम जानकी मन्दिरको सभाहलमा हिजो प्रथम तिलोतमा मेयर कप बुद्धिचाल प्रतियोगिता २०८२ सम्पन्न भएको छ। तिलोतमा नगरप्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा र तिलोतमा वडा नम्बर-९ का अध्यक्ष ध्रुव न्यौपानेको विशिष्ट अतिथ्यतामा सम्पन्न भएको उक्त प्रतियोगिताको अध्यक्षता सङ्घका अध्यक्ष महेश गुरुङले गर्नुभएको थियो
तीन दिवसीय बुद्धिचाल प्रतियोगिताको संयोजन सङ्घका हर्क पुनले गर्नुभएको थियो। विभिन्न विधामा गरी सात विधामा खेल खेलाइएको थियो भने खेलमा आठ वर्षदेखि ५५ वर्षसम्मका खेलाडीहरूले भाग लिएका थिए।सोही कार्यक्रममा बोल्दै तिलोतमा नगरप्रमुख खाणले खेल मानिसको जीवनमा निकै आवश्यक रहेको बताउँदै खेलले स्वास्थ्य र अनुशासित मात्रै हैन मान्छेलाई आर्थिक रुपमा पनि सम्पन्न बनाउने बताउनुभयो । तिलोतमा नगरपालिकालाई युवामैत्री तथा महिला मैत्री बनाउन नगरपालिका तत्पर रहेकोले सधैँ सहयोग गर्नेमा पनि प्रतिबद्धता जनाउनुभयो। नगरप्रमुख खाणले आगामी दिनमा तिलोतमा नगरभित्रका विद्यालय र विद्यार्थीहरूलाई सहभागिता गराउने त्यसैगरी पालिकापालिकाबीच पनि खेल खेलाउने त्यो किसिमको व्यवस्था तिलोतमा नगरपालिकाले गर्ने विश्वास समेत दिलाउनु भयो।
विद्यार्थीहरू भविष्यका कर्णधार भएकाले नगरपालिका विद्यार्थीको स्वास्थ्य र शिक्षामा सधैं सचेत रहेको पनि उहाँले बताउनुभयो। फरक फरक विधामा खेलाइएको यो खेलमा फरक फरक पुरस्कारको व्यवस्था गरिएको थियो। रूपन्देही ओपन प्रथम पुरस्कार १५ हजार , दोस्रो पुरस्कार १० हजार र तेस्रो पुरस्कार ७ हजार मेडल ट्रफी र प्रमाणपत्र राखिएको थियो। त्यस्तै गरी तिलोतमा ओपनमा प्रथम पुरस्कार ५ हजार दोस्रो पुरस्कार ३ हजार र तेस्रो पुरस्कार २ हजार हजार मेडल ट्रफी र प्रमाणपत्र राखिएको थियो। विद्यार्थी गर्ल्सतर्फ प्रथम पुरस्कार ३ हजार,द्वितीय पुरस्कार २ हजार ५ सय तृतीय पुरस्कार १ हजार ५ सय रुपैयासंगै मेडल ट्रफी र प्रमाणपत्र राखिएको थियो त्यसैगरी विद्यार्थी प्लसटु तर्फ पहिलो पुरस्कार ३ हजार दोस्रो पुरस्कार २ हजार प्रमाणपत्र र ट्रफी मेडल राखिएको थियो। १२ वर्ष मुनिका पुरुषतर्फ १ हजार पुरस्कार थियो भने महिलातर्फ पनि १ हजार राखिएको थियो। विद्यार्थी ओपनतर्फ पहिलो पुरस्कार पाँच हजार दोस्रो पुरस्कार ३ हजार र तेस्रो पुरस्कार २ हजार मेडल टफी र प्रमाणपत्र राखिएको थियो। त्यसैगरी विद्यार्थी अनुशासनमा १ हजार ५ सय पुरस्कार राखिएको थियो।
प्रतियोगितामा विभिन्न ११ वटा स्कुलका विद्यार्थीहरू र अन्य खेलाडीहरू सहित १०६ जनाले भाग लिएका थिए। प्रथम तिलोतमा मेयर कप बुद्धिचल प्रतियोगीता २०८२ सम्पन्न गर्न तिलोतमा नगरपालिका तिलोतमा नगरपालिका नगर खेलकुद विकास समिति तथा तिलोतमा वडा नम्बर-९ को कार्यालय र व्यक्तिगत आर्थिक सहयोग रहेको थियो त्यस्तैगरी रूपन्देही बुद्धिचाल सङ्घको प्राविधिक सहयोग रहेको थियो ।प्रतिगीतामा सुदिप बस्याल प्रथम, दोस्रो कर्ण बहादुर बुढाथोकी र तेस्रो शुभम भट्टराई भएका थिए भने बिद्यालय गर्ल्स तर्फ प्रथम अनुष्का पाठक, दोस्रो भावना दंगोरिया र तेस्रो प्रकृति गौतम भएका छन्। त्यसो त प्लस टु गर्ल्स तर्फ प्रियान्सी महतो प्रथम र निशान्त गिरि दोस्रो भएका थिए भने आयुष आचार्य डिस्प्लिनमा छनौट भएका थिए।
प्रकाशित मिति : आइतबार, जेष्ठ १८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्