बुटवल । बुटवल मिलन चोक निवासी एक युवाले ईन्धन बचत तथा वातावरणमैत्री उपकरणको आविष्कार गरेका छन् । युवा प्रतिभा तथा ईन्जिनियर शिशिर जिसीले सवारी साधनमा जडान गर्ने विशेष किसिमको यन्त्र आविष्कार गरेका हुन ।
कार्यक्रमको एक समारोहका बिच प्रदेश नं. ५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लिला गिरी, पूर्व संघिय वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश शाह, उपप्रमुख गुमादेवी आचार्य, वन विज्ञ कृष्ण पोखरेलले यन्त्रको संयुक्त रुपमा उद्घाटन गरेका छन ।

प्रदेश नं. ५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लिला गिरीले युवापुस्ताको आविष्कार आम नागरिकको उपयोगी भएको बताए । मन्त्रालयबाट यो विषयमा जानकारी लिने काम र उनलाई सम्मान समेत गरिएको बताए ।
पूर्व संघिय वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले युवा आविष्कारलाई साथ दिने काम स्थानिय सरकारमा सबैभन्दा बढी जिम्मेवारी आएको बताए । परनिर्भरतामात्र कुरा गर्ने तर अनुसन्धानको कुरामा पछि परेको उनले बताए ।

कार्यक्रममा प्रदेश सभासद दिनेश पन्थी, नेपाल च्याम्बर अफ कमर्शका केन्द्रिय सदस्य टंक पोखरेल, जिसीका बुबा वैकुण्ठ जिसी र आमा कमला जीसी लगायतले नयाँ नयाँ आविष्कारमा नेपालीपछि नरहेको भन्दै यसका लागि सरकारबाट प्रोत्साहन गर्न जरुरी रहेको बताए ।
प्रकाशित मिति : मंगलबार, भाद्र २४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्