JanataToday.com

Advertisment

SKIP THIS

लागूऔषध कोकिन लुकाएर ल्याउने एक जना विदेशी महिला पक्राउ

लागूऔषध कोकिन लुकाएर ल्याउने एक जना विदेशी महिला पक्राउ

काठमाण्डौ – नेपाल प्रहरीले लागूऔषध कोकिन लुकाएर ल्याउने एक जना विदेशी महिलालाई पक्राउ गरेको छ ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ब्राजिलबाट कतारको दोहा हुँदै नेपाल आएर नेपालबाट भूटान जान लागेकी २१ वर्षीया एमिली मिकेल सन्तोष फरेरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोका सह–प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जीवन निरौलाले कालो रङको भित्री वस्त्रभित्र लुकाएर ल्याएको एक किलोग्राम ९५० ग्राम कोकिनसहित उनलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेकी फरेरालाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाण्डौ जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : शुक्रबार, साउन २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij