काठमाण्डौ – नेपालको विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार २०८१ सालको असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेकोमा गएको असार मसान्तसम्ममा ३१ दशमलव २ प्रतिशतले बढेको हो ।
गएको एक वर्षमा मात्रै विदेशी मुद्रा सञ्चिति ६ खर्ब ३६ अर्ब ५८ करोड रुपैयाँले थपिएको छ । आर्थिक वर्ष २०८१र८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महिना १२ दिनका लागि वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि कम्तीमा ७ महिनालाई पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य तय गरेको छ ।
यस्तै गएको आर्थिक वर्षमा उपभोक्ता मूल्यवृद्धिदर ४ दशमलव ०६ प्रतिशत कायम भएको छ । आर्थिक वर्ष २०८०र८१ मा यस्तो वृद्धिदर ५ दशमलव ४४ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८१र८२ मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको मूल्यवृद्धि १० दशमलव ७१, घ्यु तथा तेलको ८ दशमलव ७२, दाल तथा गेडागुडीको ७ दशमलव ९० र खाद्य तथा खाद्यजन्य पदार्थको ६ दशमलव १३ प्रतिशत रहेको छ ।
माछा तथा मासुको मूल्य भने ० दशमलव ३४ प्रतिशतले घटेको छ । यस्तै गैरखाद्य तथा सेवा समूहअन्तर्गत कपडाजन्य तथा जुत्ता चप्पलको भाउ ६ दशलमव ०९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै आर्थिक वर्ष २०८१र८२ मा बैंक तथा वित्तीय संस्थाबाट जाने कर्जा ८ दशमलव ४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार अघिल्लो वर्षको तुलनामा ८ दशमलव ४ प्रतिशतले बढेर ४ खर्ब २३ अर्ब रुपैयाँ प्रवाह भएको हो ।
राष्ट्र बैंकले आर्थिक व २०८१र८२ मा कर्जा प्रवाह १२ दशमलव ५ प्रतिशतले बढाउने लक्ष्य राखे पनि त्यो पूरा हुन सकेन । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२ दशमलव ८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७ दशमलव २ प्रतिशत रहेको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र ८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्