तिलोत्तमा , रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ सोमबारदेखि शुरु भएको छ ।
महोत्सवको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले यो महोत्सव स्वदेशी उत्पादनलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन र प्रचारप्रसार गर्न उपयुक्त अवसर भएको चर्चा गर्नुभयो । यो अवसरलाई साना ठूला सबै उद्योगी ब्यवसायीले सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले,मेलाले स्थानीय कलाकारलाई समेत आफ्नो प्रतिभा बढाउने अवसर सुजना गरेको भन्दै मेला सफल पार्न तिलोत्तमाका सबै संघ संस्था, राजनीतिक दल तथा सबै सरोकारवालाले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवि चौधरीले स्थानीय उद्योगी ब्यवसायिको ब्यवसायिक उन्नतिकोे लागि महोत्सवले सघाउने विश्वास ब्यक्त गर्नुभयो ।त्यस अबसरमा उहाँले तिलोत्तमा क्षेत्रमा स्थायी प्रकारको मेला स्थल निर्माणको आवश्यकता रहेको औंल्याउनुभयो ।
कार्यक्रममा बोल्दै महोत्सव आयोजक संस्था तिलोत्तमा उद्योग व्यापार संगठका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक प्रेम जीएमले तिलोत्तमामा स्थायी प्रकारको मेला स्थल अति आवश्यक रहेको भन्दै यसको लागि नगरपालिकाले मुख्य पहल गर्नुपर्नेमा जोड दिनुभयो । संगठनले साना उद्योगी ब्यवसायीलाई पनि साथमा लिएर मेला महोत्सव गर्ने गरेको उहाँको भनाई छ ।
कार्यक्रममा नेपाली काँग्रेस तिलोत्तमा नगर अध्यक्ष हरिलाल पाण्डे, एमाले अध्यक्ष मिनप्रसाद पोखरेल, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, उद्योग ब्यापार संघ बुटवलका उपाध्यक्ष पदम जीसी, संगठनका उपाध्यक्ष भूपति न्यौपाने महासचिव हेमलाल न्यौपाने, सचिव युवराज पराजुली लगायतले बोल्दै मेला सफल पार्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
उद्घाटन कार्यक्रमअघि सचेतना र्यालीमा सहभागी समूहमध्य उत्कृटलाई पुरस्कृत गरिएको छ । पहिलो हुने नेपाल मगर संंघ तिलोत्तमा, दोस्रो लुम्बिनी एफएम टोल आमा समूह, तेस्रो नमूना टोल आमा समूह, चौंथो कुन्ज टोल समूह र सान्त्वना जापनिज कराँते डो को समूह नगदसहित पुरस्कृत भएको र्याली ब्यवस्थापन उपसमिति संयोजक पवित्रा पौडेलले जानकारी दिनुभयो ।
महोत्सव पुस १ गतेसम्म चल्ने छ । सोमबारै विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म मेला स्थलमा रक्तदान कार्यक्रम समेत गरिएको थियो । कार्यक्रम संयोजक नितेश सिलवालका अनुसार एक सय १० जनाले रक्तदान गरेका थिए ।
महोत्सवको आकर्षणको रुपमा लण्डन ब्रिजको नमूना गेट निर्माण गरिएको छ । त्यस्तै जलपरी, कश्मिर भ्याली, आईफिल टावर, बाल उद्दान लगायतका संरचना निर्माण गरिएको छ ।
महोत्सवको लागि तीन सय स्टलहरु राखिएको छ। महोत्सवमा आधुनिक प्रविधिबाट गरिने कृषि, पर्यटन, गार्मेन्ट, महिलाका उद्यमीका उत्पादन लगायत समाग्री समेटिएका स्टलहरु सहभागी गराइएको छ ।
त्यस्तै महोत्सवमा विभिन्न खेल प्रतियोगिता, नृत्य प्रतियोगिताहरु जारी रहेका छन् । मंलबार कलाकारहरु रामजी खाँण, दिपक दर्लामी, बसन्त खनाल, विष्णु मगर तथा सोनी डान्स ग्रुपको प्रस्तुति रहने कलाकार दिपु मगरले जानकारी दिनुभयो ।
प्रकाशित मिति : सोमबार, मंसिर १५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्