JanataToday.com

Advertisment

SKIP THIS

रुपन्देहीले जित्यो दुईदिवसीय टेष्ट सिरिज

रुपन्देहीले जित्यो दुईदिवसीय टेष्ट सिरिज

भैरहवा, रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ अन्तर्गत दुई दिवसीय टेष्ट रुपन्देही–११ ले हात पारेको छ । रुपन्देहीले त्रिभुवन आर्मी क्लब ‘ए’लाई १ सय १ रनले पराजित गर्दै जित निकालेको हो ।

आइतबार रुपन्देहीले पहिलो इनिङमा १ सय २२ रन बनाएको थियो भने आर्मीले दुई १ सय ५५ रन बनाएको थियो । यसक्रममा आर्मीका जितेन्द्रसिंह ठकुरी ५८ रनमा अविजित रहेका थिए ।

सोमबार भएको दोस्रो इनिङमा रुपन्देहीले २ सय ५ रन बनाएर पारी घोषित गर्यो । जसमा देव खनालले ७८ र प्रज्वल थापाले नटआउट ४२ रन बनाए । बलिङमा आर्मीका अनिश धामी र पारससिंह धामीले २–२ विकेट लिए । आर्मीले पहिलो दिन १६ रनले अग्रता लिए पनि दोस्रो दिन रुपन्देहीले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याउने क्रममा ७१ रनमा अलआउट भयो । रुपन्देहीको इनिङ सुरु हुनु अघि आर्मीले ३३ रनले अग्रता लिएको थियो । आर्मीका प्रदीप पेलाले २१, जितेन्द्रसिंह ठकुरीले १७ र प्रदीप सिंह चाइसिरले १६ रन बनाए । बलिङमा रुपन्देहीका सन्देश थापा र अजयकुमार चौहानले ३–३ तथा सुरज खड्का र विशाल भुसालले १–१ विकेट लिए । अजयकुमार चौहान म्यान अफ द म्याच घोषित भए ।

नेपालमै पहिलोपटक तीनवटा फम्र्याटमा दुई टीमबीच प्रतिस्र्धा भइरहेको हो । दुई दिवसीय टेष्ट सकिएसँगै मंगलबारबाट वनडे सिरिज हुनेछ । प्रतियोगितालाई भैरहवाका व्यवसायी हरिष सेठिया र सुनिल सेठियाले आफ्ना बुवा स्वर्गीय पवन कुमार सेठियाको स्मृतिमा मुख्य प्रायोजन गरेका छन् । प्रतियोगितामा विजेता टीमले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यी दुबै पुरस्कार भैरहवाको लुम्बिनी नेत्रालय प्रालिले प्रायोजन गरेको छ । प्रतियोगिता संयोजक प्रथम पराजुलीलका अनुसार पुस २३, २५ र २७ गते ओडीआई, २९, ३० र माघ १ गते टी–ट्वान्टी क्रिकेट सिरिज हुनेछ ।

प्रकाशित मिति : मंगलबार, पुष २२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij